अनुराग अरुण,ललितपुर
दुई महात्मा थिए । यौटा महात्माले असल कर्म गरेर कसरी स्वर्गजान सकिन्छ भनेर भक्तजनलाई प्रवचन दिदैं भक्तिको तरिका बताउदै थिए ।
अर्का ठाउँतिर उस्तै प्रवचन दिइरहेका अर्को महात्माले सार गर्वित प्रवचन दिई सके पछि भनेछ, ‘स्वर्ग जान इच्छुक भक्तजनहरुले हात उठाउनुस् ।’
हलमा भए भरका जति सबैले हात उठाए ।
त्यसपछी ‘लौ ! स्वर्गमा जानेहरु मेरो पछि पछि आउनुस् ’, भने ।
यो सुनेर हात उठाएका मध्ये आधी मान्छेले हात तल झारे ।
महात्माको पछि जान चाहने केहिलाई उनको स्वास्नी, छोराछोरी र परिवारहरुले, ‘हामीलाई छोडेर नजानुस्’, भनेर रुँदै अनुनय अनुरोध कर गरे । उनिहरु रुके ।
यावत किसिमबाट अन्ततः दस जनाहरु मात्र स्वर्ग जान भनेर जायजेथा, धन सम्पती र घर परिवार सबै त्यागेर छाडेर महात्माको पछि लागे ।
उनिहरु १ हप्ता सम्म निरंतर महात्माको पछि–पछि हिडिरहे । कोहि भोकले कोहि प्यासले लखतरान भए । यौटा भक्तले सोध्छ, ‘महात्माज्यु ! स्वर्ग आउन कति टाढा छ ?’
महात्माले मन्छ, ‘बाबू ! अझै निकै टाढा छ ।’, तैपनी सबै हिडिरहे ।
हिड्दै जादा, बाटोमा रुपैयाहरु छरेको देखियो । ‘भगवानले परीक्षा लिन खोजेको’, मनमनै भन्दै कोहीले नदेखे जस्तो गरेर हिडिरहे ।
तर त्यहाँ मध्ये तीन जनाको मनमा चिसो पस्यो, ‘यो महात्माले स्वर्ग लैजाने हो कि हैन ? बरु यो रुपैया लिएर घर फर्किन्छु’, भन्दै सक्ने जति रुपैया पोका पारेर उनिहरु स्वर्ग नगएर घरतिर फर्के ।
यस्तै तालले १५ दिन बित्छ । सबैजना ‘हरे गोविन्द हरे मुरारी, हे नाथ नारायण बासुदेवा’, भन्दै थपडी बजाउदै महात्माको पछि–पछि लश्करै हिड्दै छन् ।
केही दिनको हिँडाई पछि बाटोमा सुन चाँदी भेटिन्छ । कोहीले वास्ता गर्दैन ।
आफू उभिएको ठाउँको वरिपरि चारै तिर पहाडै पहाड देखे पछि अर्को भक्तले सोध्छ, ‘महात्माज्यु ! यहाँ त पहाडै पहाड छ, स्वर्ग कहाँ छ ?’ उस्को कुरा सुनेपछि हातले पहाडको टुप्पोबाट तल तिर हात देखाउदै महात्माले भन्छ, ‘बाबू ! यहाँबाट तल हाम फाले पछि सिधै स्वर्ग पुगिन्छ ।’
पाँच जनाको मनमा फेरि चिसो पस्छ, ‘हैट ! यो महात्माको पछि कति हिडिरहने । जति हिड्दा पनि स्वर्ग अझै आई सकेको छैन । अझै कति हिडाउने होला, यस्ले । स्वर्ग लैजाने हो कि हैन ? केही अत्तोपत्तो छैन । यो बहुलाको पछि लाग्नु भन्दा बरु यो सुन चाँदी बोकेर घर फर्किन्छु । सुखले जीवन यापन गर्छु ।’, भन्दै सक्ने जति सुन चाँदी बोकेर घर फर्किन्छ ।
बाँकी रहेका दुई जना कुनै लोभ लालच नगरिकन महात्माको पछि पछि भगवानको भजन गाउदै हिडिरहे ।
यस्तै रितले २ महिना बित्छ । तै पनि उनिहरु स्वर्ग जाने दृढ इच्छाले भोक प्यास नभनेर निरंतर महात्माको पछि पछि हिडिरहे ।
दुई महिनाको निरंतर कष्टमय हिडाईपछि उनिहरु यौटा अजंगको पहाडको टुप्पोमा पुग्छन् ।
अनि महात्माले भन्छ, ‘बाबु ! हामी स्वर्ग आइपुग्यौं ।’
महात्माको मुखारबिन्दबाट यस्तो वाणी सुन्ना साथ दुई जना भक्त खुशीले द्रवीभूत हुँदै कर जोडेर भन्छ, ‘महात्माज्यु ! आज हामी लक्ष्यमा पुगेकोमा निकै खुशी अनुभव गरिरहेका छौं ।’
आफू उभिएको ठाउँको वरिपरि चारै तिर पहाडै पहाड देखे पछि अर्को भक्तले सोध्छ, ‘महात्माज्यु ! यहाँ त पहाडै पहाड छ, स्वर्ग कहाँ छ ?’ उस्को कुरा सुनेपछि हातले पहाडको टुप्पोबाट तल तिर हात देखाउदै महात्माले भन्छ, ‘बाबू ! यहाँबाट तल हाम फाले पछि सिधै स्वर्ग पुगिन्छ ।’
महात्माको यस्तो कुरा सुने पछि उ जिल्ल पर्दै सोध्छ, ‘महात्माज्यु ! यहाँबाट हाम फाले मरिदैन र ?’
अनि महात्माले भन्छन्, ‘बाबू ! नमरी स्वर्ग पुग्न सकिँदैन ।’
यति कुरा सुन्नासाथ दुबै जना टाउकोमा हात राखेर पछुताउदै मनमनै भन्न थाल्छन्, ‘बरु बाटोमा भेटेको रुपियाँ र सुन चाँदी लिएर गएको भए । आज सुखका साथ जीवन बिताउन सकिन्थ्यो । महात्माको पछि स्वर्ग जान भनी लागेर आखिर क्यै न क्यै । बिना कामको बेकारमा दुःख कष्ट मात्रै भोगियो ।
वि.सं.२०७९ पुस २३ शनिवार ०७:२६ मा प्रकाशित






























