back
CTIZAN AD

छन्द कविता : जीवनबोध

वि.सं.२०७९ पुस २३ शनिवार

1.1K 

shares

मचिन्द्र खत्री, धरान, सुनसरी

दीपक बल्दछ तेलभए तब पार्दछ झल्मल रात पनि,
खुल्दछ जीवन सार्थक यो जब बुझ्दछ मानव सार अनि ।
कल्कल बग्दछ नीरनदी तट, शान्तछ निर्मल कञ्चन यो,
शीतल छर्दछ जीवन भर्दछ, छैनकतै बुझ चञ्चल यो ।।१।

बादल उड्दछ यो जल बोक्दछ पोख्नुछ कर्म सदा उसको,
बाँच्दछ यो घर हाँस्दछ यो चर जीवन चल्दछ यो जस हो ।
वायु अदृश्यछ तैपनि नित्यछ भर्दछ सास सबै जनको,
तेजछ देह र राप सदा तब चल्दछ जीवन यो मनको ।।२।

मानव जीवन कर्मगरे तब मिल्दछ मान र सान जता,
सार्थक कर्मछ जीवनयापन जान र यो गर कर्म यता ।
गर्दछ भन्भन यो भँमरो रस पाउँछ फूलफुले वनमा,
सज्जन मानव जान्दछ यो सब चञ्चल छैन कतै मनमा ।।३।

देह त नाशछ मिल्दछ यो जब तत्त्वसबै जगको घरमा,
तेज र वायु उडे जल मिल्दछ निर्मल निर्मल यो जलमा ।
के छ र सृष्टिबुझे जनले तब नाटक मात्रछ जीवन यो,
यो सब बुझ्दछ जो जनमानव जीवन बुझ्दछ सार्थक हो ।।४।

मौनछ पर्वत मौनछ सागर चञ्चल छैनकतै डरको,
भूमिछ उर्वर पाल्दछ जीवन अन्न र बन्दछ यो भरको ।
ज्ञानछ यो सब बुझ्नुछ मानव चल्नुछ यो पथ जीवन हो,
ईश्वर रूपछ यो भवसागर बुझ्नुछ पुज्नुछ यो धन हो ।।५।

छन्द : मदिरा
शब्द र अर्थ,चर : अस्थिर,चलायमान, जिउँदो, हिँडिरहने ।

वि.सं.२०७९ पुस २३ शनिवार ०७:२९ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...