back
CTIZAN AD

बुटवल नारायणघाट सडकमा कालोपत्रको परीक्षण सुरु

वि.सं.२०७९ पुस ३० शनिवार

837 

shares

कावासोती । निर्माणाधीन पूर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्डमा कालोपत्रको परीक्षण सुरु गरिएको छ ।

आयोजनाको पूर्वी खण्डको भेडाबारीमा शुक्रबार एक सय २० मिटर सडकमा अलकत्रा हालेर कालोपत्रको परीक्षण गरिएको आयोजनाका इन्जिनियर राकेश झाले जानकारी दिए । आयोजना सुरु भएको ४७ महिनापछि कालोपत्रको काम सुरु भएको हो । राजमार्गको मुख्य सडकमा पहिलोपटक परीक्षणका रुपमा सो काम सुरु भएको हो । भेँडाबारी खण्डको यो क्षेत्रमा आउँदो दुई साताभित्र एक किलोमिटर पिच गरिने इन्जिनियर झाले बताए । उनका अनुसार यो सडक १० मिटरभन्दा बढी फराकिलो छ ।

क्रसर उद्योगबाट नियमितरुपमा निर्माण सामग्री उपलब्ध भए आगामी असारसम्म १० किलोमिटर सडक कालोपत्र गरिने झाले बताए । राजमार्गमा फिलिङको काम भइरहँदा क्रसर उद्योग बन्द भएका कारण काम अघि बढाउन अप्ठेरो परेको झाले बताए । उनका अनुसार ग्राभेल हालेर पुर्ने काम सकिए पनि माथिल्लो भाग सम्याउन क्रसरका विभिन्न आकारको गिट्टी आवश्यक पर्छ ।

विसं २०७५ माघमा ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी सरकार र चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग सम्झौता भएको थियो । सो अवधि गत साउनमा सकिएकाले आगामी साउनसम्मका लागि समय थपिएको हो ।

विसं २०१८ मा तत्कालीन राजा महेन्द्रले गैँडाकोटमा शिलान्यास गरेको झण्डै छ दशकपछि पूर्व–पश्चिम राजमार्गको सो खण्डको विस्तार भएको हो । एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक विस्तार भइरहेको छ । निर्माणको लागतमध्ये ८५ प्रतिशत एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी नेपाल सरकारकै लगानी छ ।

वि.सं.२०७९ पुस ३० शनिवार ०८:०७ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...