गणेश लोहनी, चितवन हाल काठमाण्डौ
१
प्रचण्डलाई शेर्बादुर्ले, पाखा लाउन खोजे
छैन छोड्ने मन, प्रधानमन्त्री पद यो, मीठो सत्ता मद यो
सिँहदर्बार बाल्वा’टार सँधै धाउन खोजे
२
साथीहरू भनिरा’छन् पुरै सत्ता हाम्रो
फेरि पनि हुन्छौ जोतिसेले भनेका, सातै औंला गनेका
सक्छ कस्ले हल्लाउन लौ अब पत्ता हाम्रो
३
राम्रो मौका आ’को बेला, आफै हुने हो नि
जे जे होला होला, दक्षिणको भर छ, हाम्लाई केको डर छ
प्रचण्डलाई ठूलै धोका फेरि रुने हो नि
४
खै के कुरी बसि राख्छौ, बालुवाटार जिल्ल
कडै राहु पस्यो, मुखको गाँस खोसियो पराइलाई पो पोसियो
मुख मुख आइसकेको आफ्नै सर्कार जिल्ल
५
चाँडै सर शेरबादुर लौ भन्दै अर्को आयो
डेरा खोज्न जान्छु आफ्नो बस्ने घर छैन जोतिसेको भर् छैन
बार्दलीको उखान टुक्का झनै चर्को आयो
लयः गुजुमुजे (रोइला)
अक्षरसंरचनाः १४–२०–१४
गायनक्रमः पात, पात, मुना
वि.सं.२०७९ पुस ३० शनिवार ०८:२८ मा प्रकाशित






























