back
CTIZAN AD

कविता : दलित

वि.सं.२०७९ पुस ३० शनिवार

5.7K 

shares

संगम संगीत,धनकुटा

मैले
मन्दिर बनाएँ,
भगवानको मुर्ति बनाए
सबै पुजिए ।
मलाई भने
छि! छि! र दुर्दुर गर्दै
तिमीले
त्यहाँ छिर्न सम्म त के
ढोकाबाट धेरै पर
बस्न सम्म दिएनौ ।।

हतियार बनाए
तिम्रो घरभित्र भान्सा
चुलोचौको सम्म पुग्यो
त्यो छुत भयो, म अछुत गनिए ।

मैले सिलाएको कपडा
तिम्रो
कुल, देवता, पितृ, भण्डार
सबै तिर चल्यो
म अछुत भए ।

मैले बनाएका
गरगहना लगाएर
चिटिक्क परेर सजिदा
आफू महान कहलिदा
तिम्रो स्वाभिमान
सगरमाथा जत्तिकै
उच्च भयो होला
तर मलाई भने
उठ्न र उच्च हुन नदिई
थिची रह्यौ ।

धारो मैले बनाए
तर पर बसेर
तिमीले थापेपछि मात्र
गाग्री भर्नु पर्यो मैले ।
कयौं पटक
पहिला गाग्री भर्दा
तिमीबाट
पानी मिल्क्याइयो
भाँडा,बर्तन मिल्क्याइए ।

विवाह,
ब्रतबन्ध,
गुन्युचोलीमा
मेरो दक्षिणा चल्यो
तर टीका चलेन ।
मेरो काम चल्यो
तर भान्सा चलेन।

विवाह,
ब्रतबन्ध,
गुन्युचोलीमा
मेरो दक्षिणा चल्यो
तर टीका चलेन ।
मेरो काम चल्यो
तर भान्सा चलेन।

तिम्रो कुकुरले सिनो खादा
तिमी चुलामै लगेर
भान्सा गराउछौ ।
अनि भन्छौ त अछुत
भित्र छिर्न हुन्न
सगै बसेर खान हुन्न
एकाबिहानै
घर टेक्न हुन्न ।

पोहोर
क्षेत्री साइलोलाई
मर्नेबेला
कसैले रगत नदिदा
मेरै रगतबाट
बाचेको थियो ।
साच्चै
छेत्री साइलोको रगतमा
मेरो रगत मिसिदा
ऊ अछुत भयो कि छुत भयो ?

अस्ति
बाहुन कान्छो
आकस्मात !
बेहोस भएर
पानी पानी भन्दा
दिने कोहि नहुँदा
मैले एक गिलास
पानी पिलाएर बचाएको ।

मलाई
जात, धर्मका आधारमा
तिमीले अछुत भन्यौ
मैले सिलाएका कपडाबाट
तिम्रो आङ ढाकिएको छ
नत्र तिमी नाङ्गै हुन्थ्यौ ।

मैले मन्दिर बनाए
तिमीले वर माग्दै,
भाकल गरी
पूजा गर्यौ ।

मैले तिम्रो लागि
के के गरिन ?
मर्न लागेकालाई
जीवन दिए,
स्वास दिए,
संमान दिए,
त्यसको बदलामा
मैले पाए त केवल
अपमान, अनादर र
दलित अछुतको दर्जा ।

पूजा, विवाह, ब्रतबन्धमा
छिमेकी
बाहुन,
क्षेत्री,
जनजाति
सबै डाकिदा
म डाकिन्न ।
मलाई खान
बोलाएनौ भनेर
गुनासो होइन
छिमेकीलाई निम्तो गर्दा
म अछुत सम्झेर छुटायौ ।

मैले कहिल्यै तिमीलाई
कुनै कार्जेमा छुट्टयाइन
तर तिमी भने
बदलामा
जहिल्यै छुत कहलिएर
मलाई
अछुत भनी रह्यौ,
अपमान गरिरह्यौ,
विभेदको पर्खाल र
सिमाना कोरिरह्यौ ।

वि.सं.२०७९ पुस ३० शनिवार ०८:३० मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...