back
CTIZAN AD

छेस्का कविता

वि.सं.२०७९ पुस ३० शनिवार

1.3K 

shares

नवराज न्यौपाने ’मौन’, तनहुँ

१.
रातकी रानी
मायाकी खानी
पूर्ण जवानी

२.
घमण्ड गर्दा
फुत्केछ दाउ
भममा पर्दा

३.
हुरी र आँधी
चलेर गयो
फैलियो व्याधि

४.
आमाको माया
हुदैन अर्काे
शीतलु छाँया

५.
विकासे नारा
टारियो झारा
सबै उधारा

६.
कलिला नानी
आर्जेर विद्या
बन्नु छ ज्ञानी

७.
जवानी हाम्रो
फूलझैं झर्छ
गर्नु छ राम्रो

८.
यो राजनीति
अस्थिर हुँदा
बस्दैन थिति

९.
लोभी मनुवा
ढुकेर बस्छ
अन्त्यमा फँस्छ

१०.
तिम्रो र मेरो
मिलाप भए
हट्छ अँधेरो

वि.सं.२०७९ पुस ३० शनिवार ०८:३२ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...