back
CTIZAN AD

प्रवासी नेपाली मंच न्युर्योकको सम्मान तथा बधाई कार्यक्रम सम्पन्न

वि.सं.२०७९ माघ ४ बुधवार

933 

shares

काठमाडौं । प्रवासी नेपाली मंच न्युयोर्क च्याप्टरको आयोजनामा प्रवासी नेपाली मंच अन्तराष्ट्रिय कमिटीका नवनिर्वाचित अध्यक्ष संजय थापा र सदस्य कुन्ती थापा तथा उत्तर अमेरिका महादेश कमिटीका सदस्य अशोक कार्कीको सम्मानमा हालै शुभकामना तथा बधाई कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा एमालेका नेता तथा पूर्वआइजीपी सर्वेन्द्र खनालको बिशेष आतित्थ्यमा सम्पन्न उक्त कार्यक्रममा शुभकामना र बधाईको निम्ति न्युयोर्कस्थित बिभिन्न संघसंस्थाका अतिथिहरु, नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्ट, प्रवाशी नेपाली मंच अमेरिकाका अध्यक्ष कृष्ण लामिछाने, एनआरएनए न्युर्योक च्याप्टरका अध्यक्ष आङ्गछिरिङ्ग शेर्पा, फिप्नाका महासचिव टोमा लामा, केवाइसी अमेरिकाका अध्यक्ष सुमन लिम्बु, पर्यटनदूत केशबराम राई, लायन्स क्लब इन्टरनेसनलका बिशेष क्लब कोर्डिनेटर लायन कृष्ण आचार्य लगायत अन्य सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बिशेष अतिथि खनालले मंचका नवनिर्वाचित अन्तराष्ट्रिय अध्यक्ष थापा लगायत सबैलाई बधाई दिंदै विश्वभरका प्रवाशी नेपालीको हित र कल्याणका लागि नयाँ दृष्टिकोण र गतिबिधिसहित ‘सुखी प्रवाशी–सम्बृद्ध नेपाल’ को मिसनमा उल्लेखनीय सफलता प्राप्तिका लागि शुभकामना ब्यक्त गरेका थिए ।

सोहि अवसरमा जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टले जनसम्पर्क र प्रवासी नेपाली मंच विचार र आस्थाले फरक संगठन भएपनि प्रवाशी नेपालीको समस्या निराकरणको निम्ति यी दुई संगठनहरुको निरन्तर सहकार्यको आवश्यकता रहेको बताउदै अध्यक्षलाई बधाई दिए ।

त्यस्तै एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष आङ्गछिरिङ्ग शेर्पाले प्रवाशी नेपाली मंच आफैमा गतिशील संस्था भएको महसुस गरेको बताउंदै नवनिर्वाचित अन्तराष्ट्रिय अध्यक्ष लगायत सबैलाई सफल कार्यकालको शुभकामना गरे ।

मंच अमेरिकाका राष्ट्रिय अध्यक्ष कृष्ण लामिछानेले संगठनको बारेमा प्रकाश पार्दै छोटो सूचनाका बीच पनि अतिथि र सहभागीहरुको उल्लेखनीय उपस्थितिको लागि धन्यवाद व्यक्त गरेका थिए ।

फिप्नाकी महासचिव लामाले मंचको राष्ट्रिय अन्तराष्ट्रिय गतिबिधिको प्रशंशा गर्दै भावी दिनमा नवनिर्वाचित नेतृत्वले विश्वभरका प्रवाशी नेपालीको समस्या समाधानमा नयाँ आशा र भरोशा जगाउने बिश्वास ब्यक्त गरेकी थिइन् ।

कार्यक्रममा केवाइसी न्युयोर्कका अध्यक्ष सुमन लिम्बु, नेपाल सरकारका न्युयोर्कस्थित पर्यटनदूत केशबराम राई लगायतले नवनिर्वाचित प्रने मंच अन्तराष्ट्रिय अध्यक्ष तथा अन्य सदस्यहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा मंचका नवनिर्वाचित अन्तराष्ट्रिय अध्यक्ष थापाले आफुले बिश्वभरि छरिएर रहेका प्रवाशी नेपालीका नागरिकता लगायत हरेक समस्याहरुमा नेपाल सरकार एनआरएनए, लगायत सरोकारवाला सबैसंग समन्वय र सहकार्य गरि कार्य गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
त्यस्तै नवनिर्वाचित सदस्य कुन्ती थापाले अमेरिकामा मंचको स्थापनामा आफ्नो योगदानको चर्चा गर्दै आउँदा दिनमा पनि अमेरिकी प्रवाशी नेपालीको बृहत्तर सम्वृद्धिको निम्ति निरन्तर पैरवी गरिरहने बताइन् ।

प्रने मंच न्युयोर्क च्याप्टरका अध्यक्ष सुर्य लिंङदेनको सभापतित्वमा आयोजित उक्त कार्यक्रमको संचालन मंचकै न्युयोर्क च्याप्टरका सचिव बलभद्र खडायतले गर्नु भएको थिए ।

 

 

 

 

 

 

 

 

 

वि.सं.२०७९ माघ ४ बुधवार १७:२८ मा प्रकाशित

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...