back
CTIZAN AD

क्यालिफोर्नियामा हप्तामै दोस्रो गोलीकाण्ड, तीनको मृत्यु, चार घाइते

वि.सं.२०७९ माघ १५ आइतवार

633 

shares

लस एञ्जलस । अमेरिकाको क्यालिफोर्नियामा एक हप्तायता नै दोस्रो पटक गोली काण्ड भएको छ । शनिबार भएको यो पछिल्लो गोलीकाण्डमा परेर तीन जनाको ज्यान गएको छ भने अरु चार जना घाइते भएका छन् ।

लस एञ्जलसको छिमेकी बेभरली क्रेस्ट क्षेत्रमा भएको शनिबार बिहानीपख सो गोलीकाण्ड भएको थियो । गोली प्रहारमा परेर मारिनेमा दुई जना पुरुष र एक महिला छन् ।

घाइतेलाई नजिकैको अस्पताल लगिएको र उनीहरुको अवस्था गम्भीर रहेको केएबिसी टेलिभिजनले जनाएको छ । लस एञ्जलसको उक्त क्षेत्रको एक सडकमा एकजना व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेको बताइएको छ ।

सडकमा गुडिरहेको एक गाडीमाथि सो व्यक्तिले गोली प्रहार गरेको थियो । सवारीमा रहेका तीनजनाको ज्यान गएको थियो ।

त्यस्तै सडकमा हिँडीरहेका अरु चार जना घाइते भएका पनि सो टेलिभिजनले जनाएको छ । गोली प्रहार गर्ने व्यक्तिको खोजी प्रहरी गरेको बताइएको छ । लस एञ्जलसमा भएको एक हप्ता यताकै यो दोस्रो गोली प्रहार हो ।

छ दिन अघि एक रेष्टुरेन्टमा भएको गोली प्रहारमा परेर ११ जनाको ज्यान गएको थियो । त्यसपछि गत सोमबार मात्र पनि अर्काे प्रहारमा परेर मानिसको ज्यान गएको थियो । (रासस/सिन्ह्वा)

वि.सं.२०७९ माघ १५ आइतवार १७:४९ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...