back
CTIZAN AD

अवैध मोबाइलको बिगबिगी : वार्षिक दुई अर्ब राजस्व गुम्दै

वि.सं.२०७९ माघ २६ बिहीवार

666 

shares

काठमाडौंं । नेपाल मोबाइल वितरक संघले विदेशबाट मोबाइल ल्याउने नागरिकलाई भन्सार छुट दिएर मोबाईल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्न आग्रह गरेको छ । संघले छिट्टै मोबाईल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस लागु गर्नको लागि सरकारलाई अनुरोध गरेको हो । एमडीएमएस लागू भएमा वैदेशिक रोजगारी तथा अन्य सिलसिलामा गएका नेपाली नागरिकले ल्याउने वा पठाउने फोनमा समस्या आउने कुरा भ्रमपूर्ण रहेको संघले जनाएको छ ।

एमडीएमएस प्रणाली नेपालमा भित्रिने फोनहरुको तथ्यांक राख्ने तथा नियमन गर्ने प्रणाली हो । यो प्रणालीमा समस्या नभई मूल समस्या नेपालको कर व्यवस्थामा रहेको संघले दाबी गरेको छ । नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्याद्योले विदेशबाट फर्किएका नेपाली नागरिकले ३ वटै फोन ल्याए पनि भन्सार छुट दिए हुने तर अवैध रुपमा भित्रिएका फोनलाई रोक्न तत्काल एमडीएमएस सिस्टम लागु गर्नुपर्ने बताए ।

‘सरकारले विदेशबाट आउनेहरुको हकमा भन्सार छुटमा मोबाईल फोन ल्याउन दिई एमडीएमएसमा निःशुल्क दर्ता गरेमा समस्या समाधान हुन्छ’, उनले बताए । त्यसो गर्न सके अवैध रुपमा भन्सार छलेर ल्याएका फोनको खुलेआम व्यापार गर्ने मोबाईल माफियाहरु निरुत्साहित हुने र हजारौं नेपालीलाई रोजगारी प्रदान गर्दै राज्यलाई कर तिरेर वैधानिक कारोबार गर्ने मोबाईल व्यवसायीहरु मर्कामा नपर्ने संघले जनाएको छ ।

संघका अनुसार नेपालमा ३८ देखि ४० अर्ब रुपैयाँको मोबाईल फोनको वैधानिक रुपमा आयात तथा कारोबार भैरहेको छ भने झन्डै चौध अर्ब बराबरको अवैधानिक वा भन्सार नतिरी विभिन्न तवरबाट भित्र्याइएका फोनहरुको कारोबार भएको छ । यसरी अवैध रुपमा भईरहेको मोबाईल फोनको कारोबारले नेपाल सरकारले झण्डै वार्षिक दुई अर्बको हाराहारीमा राजस्व गुमाइरहेको संघ बताउँछ । यसरी भित्रिने फोनहरु रिफर्बिस, डुप्लिकेट तथा चोरीका समेत पर्ने हुँदा बिक्री पछिको वारेन्टी नहुने, पार्ट्स नपाउने तथा कानुनी झमेला समेत आउन सक्ने संघले बताएको छ ।

वि.सं.२०७९ माघ २६ बिहीवार १२:४४ मा प्रकाशित

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

काठमाडौं । ओप्पो ले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए६एक्स नेपाली...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्रतिनिधि सभा...