जयप्रकाश यादव, भक्तपुर
अदालतको तारिख धाएझै
कहिलेकाहीँ आउँथ्यो उ
न कलेजको पोशाक लगाएर आउथ्यो
न किताब ल्याउँथ्यो
न कपी ल्याउँथ्यो
न पढ्न नै जान्थ्यो
न बोल्नै जान्थ्यो
जसलाई भेट्यो उसलाई हान्थ्यो
दिनभरी नचाहिने काम गथ्र्यो
जसलाई मन लाग्यो उसलाई बोलाउथ्यो
न साथी भाइका मान्थ्यो
न आफ्नो आमाको कुरा सुन्थ्यो
न त बाबाले भनेको नै मान्थ्यो !
हिजो त्यही साथीलाई
ग्लाक्सी टिभीमा अन्तरबार्ता
दिँदै गरेको देखे,
म पनि विश्वको महान नेता हुँ भनेको सुने
उनको कुरा सुनेपछि आफुसँग रहेका डिग्री
कामै नलागे जस्तै लाग्यो
अचम्म लाग्यो
आँखा च्याती च्याती हेरे अनि सुने उसका कुरा
उसको मस्तिष्कमा गुदी न सुदी
लाग्यो उ देशको ठूला नेता भएछ
अक्कल न सक्कलको मेरो साथी
यो देशको नेता भएछ ।
न गुरूले सम्झाएको मान्थ्यो
न साथीभाइको कुरा नै सुन्थ्यो
नक्कली बन्दुक बोकेर हिड्थ्यो
प्राथमिक स्कुलसंगै पढेको साथी
प्लस टु मा फेल भएछ
अहिले जग्गा बेचेर प्लस टुको प्रमाणपत्र किनेछ
अनि आफै पढेको कलेजमा भर्ना भएछ ।
वि.सं.२०७९ माघ २८ शनिवार ०८:०५ मा प्रकाशित






























