back
CTIZAN AD

कविता : मेरो साथी नेता भएछ

वि.सं.२०७९ माघ २८ शनिवार

2.6K 

shares

जयप्रकाश यादव, भक्तपुर

अदालतको तारिख धाएझै
कहिलेकाहीँ आउँथ्यो उ
न कलेजको पोशाक लगाएर आउथ्यो
न किताब ल्याउँथ्यो
न कपी ल्याउँथ्यो
न पढ्न नै जान्थ्यो
न बोल्नै जान्थ्यो

जसलाई भेट्यो उसलाई हान्थ्यो
दिनभरी नचाहिने काम गथ्र्यो
जसलाई मन लाग्यो उसलाई बोलाउथ्यो
न साथी भाइका मान्थ्यो
न आफ्नो आमाको कुरा सुन्थ्यो
न त बाबाले भनेको नै मान्थ्यो !

 

हिजो त्यही साथीलाई
ग्लाक्सी टिभीमा अन्तरबार्ता
दिँदै गरेको देखे,
म पनि विश्वको महान नेता हुँ भनेको सुने
उनको कुरा सुनेपछि आफुसँग रहेका डिग्री
कामै नलागे जस्तै लाग्यो
अचम्म लाग्यो
आँखा च्याती च्याती हेरे अनि सुने उसका कुरा
उसको मस्तिष्कमा गुदी न सुदी
लाग्यो उ देशको ठूला नेता भएछ
अक्कल न सक्कलको मेरो साथी
यो देशको नेता भएछ ।

न गुरूले सम्झाएको मान्थ्यो
न साथीभाइको कुरा नै सुन्थ्यो
नक्कली बन्दुक बोकेर हिड्थ्यो
प्राथमिक स्कुलसंगै पढेको साथी
प्लस टु मा फेल भएछ
अहिले जग्गा बेचेर प्लस टुको प्रमाणपत्र किनेछ
अनि आफै पढेको कलेजमा भर्ना भएछ ।

वि.सं.२०७९ माघ २८ शनिवार ०८:०५ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...