back
CTIZAN AD

लघुकथा : मानसिकता

वि.सं.२०७९ माघ २८ शनिवार

858 

shares

कल्पना पौडेल ‘जिज्ञासु’, खजुरा बाँके

समाजमा जरो गाडेर बसेको कुरीतिका कारण जातपात, छुवाछुत जस्ता अमानवीय चलनहरूले समाजमा नकारात्मक सन्देश प्रवाह गरेको र यस्ता कुप्रथालाई हामीले हटाउनु आवश्यक छ भन्दै शोभा म्याडम कक्षा नौका बिद्यार्थीहरुलाई पढाउँदै थिइन् ।

उनी भन्दै थिइन्–‘यसलाई जरैदेखि उखाल्न ढिलो भइसकेको छ । नत्र हिंसा घट्नुको साटो चुलिँदै जानेछ ।’ स्कुलको घण्टी बज्यो शोभा म्याडम कक्षाबाट बाहिर निस्किन् । राधा र शोभा म्याडमसँगै घरतर्फ लागे बाटोभरि यिनै प्रसङ्गमा कुराकानी चल्यो ।

परिवर्तन आफैबाट थाल्नुपर्छ भन्ने कुरामा ऊनी जोड दिँदै राधालाई सम्झाउँदै थिइन । बाटोमा जाँदै गर्दा तिर्खा लागेर पानी पिउन चिनेको एक घरमा पसे ।

अपरिचित महिलाले पानी सँगै केहि खानेकुरा पनि लिएर आइन् । बडो विनम्रताका साथ भनिन्–आज यो घरमा सरेकोले पूजा थियो प्रसाद पनि लिनुहोस् ।’ शोभा र राधाले बढो खुसीसाथ मिठो मानेर प्रसाद खाए । बिदा हुनेबेला शोभा म्याडमले धन्यवाद भन्दै जिज्ञासापूर्वक सोधिन् – ‘हजुरको नाम थर चाहिँ सोध्नै बिर्सेछु !’

घरबेटी मुस्कुराउँदै भन्दै थिइन्, मेरो नाम सिता विश्वकर्मा हो म्याडम । शोभा म्याडम मुख अलिक नमिठो बनाउँदै राधाको कान नजिकै गएर भन्दै थिइन्, ‘कस्तो नराम्रो सँग पेट दुख्यो ।’

वि.सं.२०७९ माघ २८ शनिवार ०८:०२ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...