back
CTIZAN AD

छन्द कविता : नेपालनै स्वर्ग हो

वि.सं.२०७९ माघ २८ शनिवार

1.3K 

shares

कनकधारा स्वामी स्वदेशानन्द
गुवाहाटी, असम

फुल्छन् फूल गुलाब बाग वनमा काँड़ा छिचोलीकन,
काँड़ा रक्षण धर्म कर्म सब हुन् सङ्घर्षका जीवन ।
काँड़ा फूल समान मानव जगत् देखिन्छ जैले पनि,
फक्री फूल पराग मग्मग बनोस् सम्पूर्णको जीवनी ।।०१।।

धोका फूल हुँदै हुँदैन कहिल्यै बाँच्दैन ऊ स्वार्थमा,
अर्प्यो जीवन मुस्कुराहट सबै मान्छे तथा ईशमा ।
हाँस्छन् ती गमला निकुञ्ज गिरिमा माधुर्य सिर्जीकन,
हेर्छन् मानव हाँस्न यो विपिनमा हाँस्दैन रे जीवन !।।०२।।

कस्ता ईश्वर निर्दयी हृदयका पाषाणझैं देख्छु म,
मासी फूल बगान हर्षित हुने छन् भक्त संसारमा ।
हत्यारा किन पस्छ मन्दिर सधैं हत्या गरी फूलको,
जम्मै विश्व बगान फूल हरिकै तात्पर्य के तोड्नुको !।।०३।।

सानो फूल कली चुँडेर दिलको आस्था लगी मन्दिर,
अर्पन्छौ कसरी प्रसन्न मनले छन् दुष्ट के ईश्वर !
धर्तीका गहना सबै सुमनको मुस्कान हेरौं भनी,
निस्की मन्दिरबाट ईश्वर पुगे पाखा पखेरामनि ।।०४।।

आऊ ईश्वर भेट्न चाहत भए पार्वत्य संसारमा,
हुन्छन् ती हिमशैलको शिखरमा स्वर्गीय उद्यानमा ।
हो नेपाल नयाँ पुरातन सबै भूस्वर्ग ब्रह्माण्डको,
खोज्छौ स्वर्ग अझै कतातिर गई नेपाल नै स्वर्ग हो ।।०५।।

छन्द : शार्दूलविक्रीडित

नोटः कवितामा प्रयुक्त नेपाल शब्द राजनैतिक होइन । पुराणमा नेपाललाई सनातन धर्मको तीर्थस्थलका रूपमा वर्णन गरिएको हुँदा र नेपालको प्राकृतिक छटा स्वर्गवत् सुन्दर भएको हुँदा नेपाललाई स्वर्ग भनिएको हो भने कविले हिमालयलाई परमात्माको रूपमा स्थापित गरेको हुँदा हिमालयको सर्वोच्च शिखर पनि नेपालमा भएका कारण नेपाललाई स्वर्ग भनिएको हो ।

 

वि.सं.२०७९ माघ २८ शनिवार ०८:०१ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...