back
CTIZAN AD

मुक्तक

वि.सं.२०७९ माघ २८ शनिवार

1.1K 

shares

प्रजित कुँवर, स्याङ्जा

१.
कोशी कर्णाली रारा मेरै देशमा छ
पानी नआउने धारा मेरै देशमा छ
ठुलागफ हाँक्छन् औंठा छापहरूले
कही नभएको पारा मेरै देशमा छ

२.
देशको धुरीमा बस्नेले आँगनमा, टेक्न दिदैनन्
ढाँटछल जालझेल नभए मनमा, टिक्न दिदैनन्
देश बेचेर खान पल्किएका यी राष्ट्रघातीहरूले
ईमान्दार मान्छेहरूलाई सदनमा, टेक्न दिदैनन्

३.
चाल्न नै नहुने कदम चाल्छन् पैसा हुनेहरू
समाजमा मपाई गर्न थाल्छन् पैसा हुनेहरू
बजारमा बेच्न राखिएको रूमाल जस्तै गरी
कानून किनेर खल्तीमा हाल्छन् पैसा हुनेहरू

४.
हिमाल, पहाड, मधेश, तिम्रो दाईजो हैन
कला संस्कृती परिवेश, तिम्रो दाईजो हैन
कहिले भू–भाग बेच्न कहिले बेच्न शीला
खबरदार नेता यो देश, तिम्रो दाईजो हैन

५.
मानो माथि थप्यो पाथी लखपति बन्यो
पुगी सक्यो धेरै नै माथि लखपति बन्यो
नोकरी गर्ने मान्छे म उहीँ धरातलमा रहे
राजनीति गर्ने मेरो साथी लखपति बन्यो

वि.सं.२०७९ माघ २८ शनिवार ०८:०७ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...