back
CTIZAN AD

लघुकथा : बहुला

वि.सं.२०७९ माघ २८ शनिवार

933 

shares

टङ्कबहादुर आलेमगर, त्रियुगा, उदयपुर

‘कति मीठो शहनाईको धुन ।’

‘छ्या बेकार लाग्छ मलाई ।’

‘गिटारका कटहरू कस्तो लाग्छ नि ?’

‘नमजा…।’

‘टुङ्नाको ?’

’नमिठो ।’

‘बिहानी चरीको चिरबिर ?’

‘टाउको दुखाइ ।’

‘फूलले फुलेको बैँस ?’

‘पटाइ लाग्दो ।’

‘परदेशबाट फर्केको बुबा ?’

‘टेन्शनको शुरू ।’

‘बाह्र सफल पश्चात् ?’

‘विदेश जा या कलेज शुरू गर भन्ने दिमागी मुग्रो ठोकाइ ।’

‘रसिया र युक्रेनको लडाइ ?’

‘के मतलब ।’

‘वडाले हाम्रो गाउँलाई बजेट छुट्याए छ ।’

‘हर्ष न विस्मात ।’

‘हाम्रो दाइको भिसा आए छ ।’

‘बेल पाक्यो कागलाई के मजा ?’

‘यो गठबन्धन पनि खरानीको दरवार होला कि ?’

‘आफ्नै बन्धन चुडियला जस्तो छ ।’
‘देशको स्थिति ठीक छैन ।’

‘मेरो स्थिति कसले हेर्ने ।’

‘ओइ लोधोम !! तेरो दिमाग फ्याक्चर त भएन ? जे कुरोलाई पनि नकारत्मक देख्छस् ।’

‘तहिले आइ लभ यू नभनुञ्जेल मेरो लागि चराचर नकारात्मक नै हुन् ।’

‘बहुला ।’ भन्दै रिता स्कुटी हाँकेर सुइकी ।

रमेश ङिच्च हाँस्यो ।

वि.सं.२०७९ माघ २८ शनिवार ०८:०८ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...