back
CTIZAN AD

छन्द कविता : मलाई जन्म दे हरि

वि.सं.२०७९ माघ २८ शनिवार

789 

shares

उत्तम विचार, काठमाडौं

बुनेर फैलिँदा जालो भ्रष्टाचारी स्वदेशमा
छेडेर युद्ध निस्कन्थे सदाचारी भए यहाँ ।
कुटेझैँ गर्छ यौटाले अर्को गर्छ दुखेसरि
शृङ्खलावद्ध नौटङ्की रोकिएन कसैगरी ।।१।

लुछेझैँ गिद्धले मासु लुछ्दछन् देशको मिली
भरिन्न पेटझैँ गर्छन् सिङ्गो भन्डार नै निली ।
दुधको तर मार्ने छन् यत्रतत्र सरोबरी
बिरालो ढुक्छ भान्साको पहरामा बरोबरी ।।२।

ऐया अत्था भनी आमा चिच्याई छन् भने पनि
फुटेका कान सुन्दैनन् हेर्दछन् रमिते बनी ।
मूर्खको ओखती छैन भए तैँ भनिदे चरी
होला यो देशको रक्षा कहाँ गएर के गरी ।।३।

शिर पुच्छर जोडेर चोचोमोचो मिलाउँंछन्
उध्रेको छिद्र देख्दैनन् नयाँ वस्त्र सिलाउँछन् ।
ढलको छेउमा रोपी बास्ना चल्दैन बाबरी
कोदो रोपेर फल्ला र खेतमा धान बेसरी ।।४।

छैनन् चिन्तक चिन्ताले भेटिए ग्रस्त शासक
कोही त जन्मिए हुन्थ्यो देशमा पुज्न लायक ।
चोला पाइन्न मान्छेको यदि मिल्छ भने मरी
सेवा निमित्त आमाको मलाई जन्म दे हरि ।।५।
छन्द सूत्र : अनुष्टुप्

वि.सं.२०७९ माघ २८ शनिवार ०८:०९ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...