back
CTIZAN AD

आत्मदाह चोक हेरेपछि

वि.सं.२०७९ माघ २८ शनिवार

882 

shares

भुवन शिवाकोटी चौघरे, काठमाडौं

आँसुले पनि पोल्छ
पेट्रोलको आगो भन्दा बढि पोल्छ
मात्र
आँसुको आगोलाई तिमी कसरी नाप्छौ
तिम्रो पीडा त्यत्ति हो

तिमीलाई लाग्न सक्छ
जाबो पेट्रोलको थोपामा आगो सल्क्यो
तिमी ज्यान भएका
देशकै ठूला मान्छे ओहोर दोहोर गर्ने
त्यही व्यस्त चोकमा
खुलेआम
ज्यूँदो मान्छे सल्क्यो
परन्तु
तिमीलाई आत्मदाहले
अभावको आगोले पोलेन

हुन त
ए ! सरकार
तिम्रा लक्ष्मण रेखाहरू नै त्यस्ता छन्
जसले
आगो लाग्यो भने
लक्ष्मण रेखामा आगो पुग्नु अघि नै
पानी खन्याएर निभाउँछन

पानी बढी भयो भने
रेखाबाट भित्र
बाढी पस्नु अगाडि नै किनारा लगाउँछन्

तिमी सुरक्षित छौ

आफ्नो अस्तित्व बाँकी हुँदा हुँदै
अरुको सहरामा बल्ने
निभ्ने
निभाईने त कोइलाहरू हुन
जसलाई
तिमी कहिले बिरल्छौ
कहिले छिरल्छौ

पेट्रोलको आगो त
पानी माथि पनि सल्किन्छ
ढुङ्गा (पत्थर माथि) पनि सल्किन्छ

पेट्रोलको आगोमा बारुद मिसिएपछि
बल्ने त हावा हो
जल्ने त जलमहल हो

अभावै अभावमा
कतिदिन थेगिन्छ दिलको चुलोमा आगो

बस्तीमा
शहरका गल्लिमा
चोक चोकमा पेट्रोल छरिएको दिन
के बच्ला र तिम्रो दरबार

ओ ! देशकै ठूलो मान्छे
तिमीलाई बोक्ने चार पाङ्ग्रेको भुँडिमा पनि
पेट्रोल भरीएको छ ?
हेक्का रहोस्

 

वि.सं.२०७९ माघ २८ शनिवार ०८:१० मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...