back
CTIZAN AD

कविता : फेरि पनि

वि.सं.२०७९ फागुन २० शनिवार

951 

shares

घनश्याम कोइराला, मणिपुर, भारत

फेरि पनि गुहार माग्छ
मुख लुकाएर
कराँसामा सिकारी कुरी बसेको छ
आफ्नै मान्छे घर भित्र डाका पसेको छ
आततायी बन्न भनि कम्मर कसेको छ

फेरि पनि नैतिकताको
साँघु भाँच्चिए छ
परिस्थिति भयावह भए जस्तो लाग्छ
सापटी म मागि हिँड्छु ताल पोखरीमा
संचेतना उद्घोषणा मुन्धुम पुर्याएर

फेरि पनि सुनामी ल्याउँछु
भन्छ नगरीले
रातभरि खोला–नाला सुसाएको सुन्छु
आगनमा फ्याउरो कराएको सुनें
देखि रहें साइनोका जुइना मक्किएको

फेरि पनि यो जिन्दगी
सुस्केरामा डुबेको छ
सारा आयाम व्यायाम मेरा निस्ताउँदै आएका छन्
चौतारीमा थकाइ मार्ने बेला ढिला भै सके
आँटहरू फाँटहरू जीर्ण विदीर्ण छन

फेरि पनि आशाहरू
सल्बलाउँदै उठेका छन
बुद्ध गाँधी जन्माउने ब्याडहरू राखेका छन
सत्यम् शिवम् सुन्दरमका मार्ग फराकिला
पाइला खाप्दै पाइला टेकूँ हामी गहकिला ।

वि.सं.२०७९ फागुन २० शनिवार ०९:१० मा प्रकाशित

कविता : तीजकी श्रीमती

कविता : तीजकी श्रीमती

हिरा भट्ट ' बदमास नम्बर दुई ` पञ्चेश्वर-६,बिजुल,बैतडी खट्टे खा...

झिल्का कविता

झिल्का कविता

बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो) कनकाई नगरपालिका ४ झापा १. सपना...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची, हाल : ललितपुर विगत जस्तै आज पनि...

गजल

गजल

सुधिर थापा कुपण्डोल , काठमाडौँ पीडा जहाँ मेरो अपार हुन्छ...

गजल

गजल

जेवी जिज्ञासु,सोलुखुम्बु सुकेका पातले हरियो छु भन्दै छन् मरेका मान्छे...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ नयनका छटाले हदै गर्न थाले...