घनश्याम कोइराला, मणिपुर, भारत
फेरि पनि गुहार माग्छ
मुख लुकाएर
कराँसामा सिकारी कुरी बसेको छ
आफ्नै मान्छे घर भित्र डाका पसेको छ
आततायी बन्न भनि कम्मर कसेको छ
फेरि पनि नैतिकताको
साँघु भाँच्चिए छ
परिस्थिति भयावह भए जस्तो लाग्छ
सापटी म मागि हिँड्छु ताल पोखरीमा
संचेतना उद्घोषणा मुन्धुम पुर्याएर
फेरि पनि सुनामी ल्याउँछु
भन्छ नगरीले
रातभरि खोला–नाला सुसाएको सुन्छु
आगनमा फ्याउरो कराएको सुनें
देखि रहें साइनोका जुइना मक्किएको
फेरि पनि यो जिन्दगी
सुस्केरामा डुबेको छ
सारा आयाम व्यायाम मेरा निस्ताउँदै आएका छन्
चौतारीमा थकाइ मार्ने बेला ढिला भै सके
आँटहरू फाँटहरू जीर्ण विदीर्ण छन
फेरि पनि आशाहरू
सल्बलाउँदै उठेका छन
बुद्ध गाँधी जन्माउने ब्याडहरू राखेका छन
सत्यम् शिवम् सुन्दरमका मार्ग फराकिला
पाइला खाप्दै पाइला टेकूँ हामी गहकिला ।
वि.सं.२०७९ फागुन २० शनिवार ०९:१० मा प्रकाशित






























