back
CTIZAN AD

किन धमाधम बन्द हुँदैछन् अमेरिकामा बैंक ?

वि.सं.२०७९ फागुन २९ सोमवार

924 

shares

काठमाडाैं । अमेरिकाको बैंकिङ क्षेत्रमा संकटको स्थिति आएको छ । सिलिकन भ्याली बैंकपछि अब सिग्नेचर बैंक पनि बन्द भएको छ । उक्त बैंकमा क्रिप्टोकरेन्सीको स्टक थियो । त्यसमा जोखिम देखिएपछि केही समयका लागि न्युयोर्कको यस क्षेत्रीय बैंकलाई बन्द गर्ने निर्णय लिइएको छ ।

बिजनेस टुडेमा प्रकाशित खबरमा उल्लेख गरिएअनुसार, फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनले सिग्नेचर बैंकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

सन् २००८ मा अमेरिकामा आएको बैंकिङ संकटपछिको यो यो अर्को ठूलो संकट हो । त्यो वर्ष लेहमन ब्रदर्शले डिफल्ट घोषणा गरेको थियो । त्यसपछि अमेरिका समेत संसारभरि आर्थिक मन्दी छाएको थियो र अर्थतन्त्र सुस्त बनेको थियो ।

सिग्नेचर बैंक न्युयोर्कको क्षेत्रीय बैंक हो । गत शुक्रवा यसका शेयरमा गिरावट देखिएको थियो ।

बैंकिङ संकट चलिरहँदा अमेरिकाको ट्रेजरी डिपार्टमेन्ट र अन्य बैंक नियामकहरूले संयुक्त बयान जारी गरी सिग्नेचर बैंक वा सिलिकन भ्याली बैंकमा पैसा जम्मा गर्नेहरूलाई कुनै हानि नहुने बताएका थिए ।

यस संकटका विषयमा चर्चा गर्न अमेरिकाको फेडरल रिजर्भले आपतकालीन बैठक सोमवार बोलाएको छ ।

समाचारहरूमा आएअनुसार, फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनले एउटा ब्रिज बैंक स्थापित गरेको छ । त्यसले सिग्नेचर बैंकमा पैसा जम्मा गर्ने र कर्जा लिने ग्राहकलाई स्वतः ब्रिज बैंकको ग्राहक बनाउँछ ।

सिलिकन भ्याली बैंक अमेरिकाको १६औं सबभन्दा ठूलो बैंक हो । नयाँ युगका प्रविधि कम्पनी र भेन्चर क्यापिटल लगानीकर्ताहरूलाई सहयोग गर्ने अमेरिकाको प्रमुख बैंक यही हो ।

विगत १८ महिनामा अमेरिकाको फेडरल रिजर्भले ब्याजदर बढाएको छ । त्यसले गर्दा प्रविधि कम्पनीहरूलाई घाटा लागेको छ ।

अमेरिकाका राष्ट्रपति जो बाइडनले बैंकिङ संकटका लागि जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाउने बताएका छन् । ठूला बैंकको सुपरीवेक्षण प्रणालीलाई बलियो बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे । यस्तो स्थिति पुनः आउन नदिन आफूहरू सचेत रहेको उनको भनाइ छ । एजेन्सीबाट

वि.सं.२०७९ फागुन २९ सोमवार १६:१६ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...