back
CTIZAN AD

मन्त्रालय बाँडफाँट सहमति नजिक : अर्थ कांग्रेसले लिँदा, गृह माओवादीले पाउने

वि.सं.२०७९ चैत ५ आइतवार

903 

shares

काठमाडौं । सत्ता साझेदार दलहरु मन्त्रालय बाँडफाँटको मोडालिटीमा सहमति नजिक पुगेका छन् । दलहरुबीच मुख्य मन्त्रालयबारे करिब सहमति बनेको बताइएको छ । मुख्य मानिएका मन्त्रालय एउटै पार्टीले नलिने सहमति दलहरुका बीच भएको छ ।

बताइएअनुसार सत्ताको नेतृत्वकर्ता माओवादी केन्द्रले गृह मन्त्रालय र नेपाली कांग्रेसले अर्थ मन्त्रालय लिने गरी करिब सहमति बनेको छ । यस्तै, नटुंगिएको भएपनि भौतिक पूर्वाधारमा एकीकृत समाजवादीले दाबी गरेको छ ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका बीचमा सरकार विस्तारबारे भएको प्रारम्भिक छलफलमा मोडालिटीबारे सहमति बनेको हो । तर, अन्य दलसँग छलफल नभई नटुंगिने बालुवाटार स्रोतले जनाएको छ ।

दलहरुका बीच महत्वका आधारमा मन्त्रालय बाँडफाँट गर्ने तयारी भइरहेको बालुवाटार स्रोेतले बताएको छ ।

एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिँदा अधिकांश मन्त्रालय रिक्त छन् । मुख्य मानिएकै मन्त्रालय रिक्त हुँदा सरकारको नियमित कामसमेत प्रभावित बनेको छ ।

यस्तोमा दलहरुबीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएलगत्तै सरकार विस्तार गर्ने तयारी छ । प्रधानमन्त्रीले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन् । दलहरुबीच लगत्तै सरकार विस्तार गर्ने तयारी भएको छ ।

शनिबार बसेको १० दलीय बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सत्यनिरुपण तथा वेपत्ता आयोगसँग सम्बन्धित विद्येयकलाई फास्ट ट्रयाकबाट अगाडि बढाउने सहमति भएको थियो ।

वि.सं.२०७९ चैत ५ आइतवार १२:०८ मा प्रकाशित

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन...

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः...

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्र निर्माण र देशको विकास संयोग,...

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै...

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई त्रसित...