back
CTIZAN AD

प्रचण्ड ढुक्क : ११ दलको समर्थन, १७७ मत पक्का

वि.सं.२०७९ चैत ५ आइतवार

879 

shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदबाट पुनः विश्वासको मत पाउनेमा ढुक्क देखिएका छन् । सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरेका प्रचण्ड बहुमतभन्दा बढी मत पाउनेमा ढुक्क देखिएका हुन् ।

प्रचण्डमा पलाएको विश्वास आइतबारको संसद बैठकबाट बाहिरिने क्रममा पनि झल्केको देखिन्थ्यो । प्रचण्डले सत् प्रतिशत नै मत पाउने विश्वास देखाएका छन् । “ मैले त आशाको कुरा गर्दा त पहिला विश्वासको मत लिँदा ९९.२५ थियो । भोलि सय नै हुन्छ भन्ने आशा छ”, सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले भनेका छन् ।

प्रचण्डले सत् प्रतिशत मत पाउने अवस्था त देखिन्न तथापी, बहुमत कटाउने भने स्पष्ट देखिएको छ । हालसम्म प्रधानमन्त्री प्रचण्डलाई ११ दलले विश्वासको मत दिने पक्का देखिएको छ । जसका आधारमा प्रचण्डले सहजै बहुमत कटाउने देखिन्छ ।

शनिबार साँझ बसेको १० दलको बैठकमा सबै दलहरु प्रचण्डलाई विश्वासको मत दिन तयार भएका थिए । जसमध्ये तीन दल नेपाली कांग्रेस, एकीकृत समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले बैठक नै बसालेर प्रचण्डलाई औपचारिकरुपमा समर्थन गर्ने निर्णय गरिसकेका छन् । सत्ता सहकार्यमा नरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ ।

यस्तोमा प्रचण्डले १७७ भन्दा बढी सांसदको मत पाउने निश्चित छ । संसदमा नेपाली कांग्रेससँग ८८, माओवादी केन्द्रसँग (नेपाल समाजवादी पार्टीसहित) ३२, रास्वपासँग १९, जसपासँग १२, एकीकृत समाजवादीसँग १०, जनमत पार्टीसँग ६, लोसपासँग ४, नागरिक उन्मुक्ति पार्टीसँग ४ र राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीसँग एक/एक सिट छ ।

राष्ट्रपति निर्वाचनसँगै सरकारबाट बाहिरिएको एमाले र राप्रपाले प्रचण्डलाई मत दिने संकेत देखिएको छैन । यता एक सांसद भएको नेमकिपाले पनि प्रचण्डलाई मत दिने संकेत देखाएको छैन । यस्तोमा प्रचण्डलाई तीन दल बाहेकले समर्थन गर्ने देखिन्छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीलाई विश्वासको मत दिने कांग्रेसको निर्णय, छिट्टै सरकारमा सहभागी हुने

रास्वपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

वि.सं.२०७९ चैत ५ आइतवार १७:०८ मा प्रकाशित

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई त्रसित...

नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ

नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीले पाए जग्गाधनी पुर्जा

अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीले पाए जग्गाधनी पुर्जा

भद्रपुर ।झापां, ।  झापाको अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापका १७ जना अव्यवस्थित...

पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीए

पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीए

जनकपुरधा । नेपाल प्रहरीका पूर्ववरिष्ठ प्रहरी उपरीक्षक गोविन्दकुमार साह आफैँ...

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार कुमार बेन र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार बीच भेटवार्ता

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार कुमार बेन र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार बीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार...

६ वर्षमा काठमाडौँ महानगरको आन्तरिक आय १२ अर्ब नाघ्यो, घरजग्गा रजिस्ट्रेसनमा लक्ष्यभन्दा बढी सफलता

६ वर्षमा काठमाडौँ महानगरको आन्तरिक आय १२ अर्ब नाघ्यो, घरजग्गा रजिस्ट्रेसनमा लक्ष्यभन्दा बढी सफलता

काठमाडौं । काठमाडौँ महानगरपालिकाको आन्तरिक राजस्व संकलन पछिल्ला ६ वर्षमा...