काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
सरकारमा सहभागीे तयारीमा रहेको कांग्रेसले मंगलबार बिहान ९ बजेका लागि केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको हो ।
उक्त बैठकमा सरकारमा सहभागीताका विषयमा छलफल हुने तथा सरकारमा सहभागी हुने मन्त्रीहरुको नाममा पनि औपचारिक रुपमा टुंगो लगाइने बताइएको छ ।
कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम लगभग टुंगो लगाइसकेको कांग्रेसको उक्त बैठकले त्यसलाई औपचारिकता दिने भएको हो ।
संसदमा सबैभन्दा ठूलो दलका रुपमा रहेको नेपाली कांग्रसले परराष्ट्र, अर्थ र रक्षासहित सात मन्त्रालयमा आफ्नो दावी गरिरहेको छ ।
उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरिरहेको कांग्रेसबाट उपभापतिद्धय खड्का र धनराज गुरुङको मन्त्री हुने टुंगो जस्ते लागिसकेको र प्रवक्ता डा.प्रकाशसरण महत र केन्द्रीय सदस्यद्धय एनपी साउद र सीता गुरुङको नाम पनि मन्त्रीको सूचीमा रहेको बताइएको छ ।
वि.सं.२०७९ चैत १३ सोमवार ०९:०१ मा प्रकाशित






























