back
CTIZAN AD

विभिन्न कार्यक्रम गरी मनायो प्रभु बैंकले ग्लोवल मनी वीक

वि.सं.२०७९ चैत १३ सोमवार

906 

shares

पोखरा । ग्लोवल मनी वीकलाई सार्थकता दिन प्रभु बैंकले विभिन्न कार्यक्रम गरेको छ ।

गण्डकी प्रदेशमा रहेका विभिन्न शाखा कार्यालयहरुबाट ‘प्लान योर मनी, प्ल्नाट योर फ्युचर’ भन्ने नाराका साथ बैंकले मनी विक मनाएको हो ।

कार्यक्रममा मुस्ताङ जिल्लाको लोमान्थाङ, म्याग्दी जिल्लाको सिबाङ्ग, गोरखा जिल्लाको तुम्सिका गाउँ, मनाङ जिल्लाको तिमाङलगायत गण्डकी प्रदेश भित्रका १०० भन्दा वढी सुगम तथा दुर्गम क्षेत्रहरुका व्यक्तिहरुलाई वित्तीय लक्ष्य निर्माण, बचत, ऋण, बजेट, बिमा, विप्रेषण विषयक वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

गतवर्ष पनि जनमानसमा वित्तीय ज्ञानको अभिवृद्घिका लागि ग्लोवल मनि वीकको अवसरमा प्रभु बैंकले गण्डकी प्रदेशबाट म्याग्दी जिल्लास्थित गुर्जाखानी तथा सामुन्द्रिक सतहदेखि ३,९२० मिटरमा रहेको मुस्ताङ जिल्लाको घारा गाउँमा समेत गरी ७८ स्थानबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु रानाले जानकारी दिएका छन् ।

साथै, विवेकपूर्ण तरिकाले पैसाको प्रयोग गर्न सक्ने ज्ञान/सीप बढाउने, अल्पकालीन र दीर्घकालीन वित्तीय लक्ष्य निर्धारण गर्न सिकाउने, उपयुक्त वित्तीय सेवाहरू छनौट र प्रयोग गर्र्न सक्ने क्षमता विकास गर्ने, भविष्यमा आउन सक्ने जोखिमहरूका लागि तयारी वा योजना वारे ज्ञान र सीप प्रदान गर्ने उदेश्यले कार्यक्रम सम्पन्न गरिएको छ ।

यस्ता साक्षरताले सहभागी व्यक्तिहरुलाई आफ्नो पैसा वा सम्पत्तिलाई राम्रोसँग परिचालन गर्ने ज्ञान वृद्धि गर्न, आफ्नो जीवनकालमा गर्नुपर्ने खर्चहरुको योजना गर्न, वित्तीय सेवा सम्बन्धी आवश्यक सूचनाहरू प्राप्त गर्न ठुलो टेवा पुग्ने विश्वास लिईएको बैंकका प्रादेशिक कार्यलयका प्रमुख व्यावसायिक केन्द्र अधिकृत शान्ति शेरचनले प्रष्ट पारिन् ।

विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरुमा वित्तीय शिक्षाको महत्वका सम्बन्धमा जागरण ल्याउने उद्वेश्यले वार्षिक रुपमा मनाईने अभियान हो । यो सप्ताह विश्वव्यापी रुपमा हरेक वर्ष अर्गनाइजेशन अफ इकोनोमिक को–अप्रेसन एन्ड डेभलपमेन्टकको आयोजना तथा नेपाल राष्ट्र बैंकको संयोजनमा मनाउने गरिन्छ ।

 

 

 

वि.सं.२०७९ चैत १३ सोमवार ०८:४० मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...