back
CTIZAN AD

काठमाडौँ गोल्डेन्स विजयी

वि.सं.२०७३ चैत ३० बुधवार

951 

shares

३० चैत,  धनगढी । यहाँ जारी धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत हिजो भएको दोस्रो खेलमा काठमाडाँै गोल्डेन्स विजयी भएको छ ।

दोस्रो खेलमा पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४७ रन बनायो । भुवन कार्कीको विष्फोटक अविजित ३६ रनको सहयोगमा टोलीले सम्मानजनक रन बनाएको हो ।

काठमाडौँका लागि सुवेन्दु पाण्डेले १९, कप्तान वसन्त रेग्मीले १४, नरेश बुढायरले १० र मञ्जीत श्रेष्ठले १६ रन जोडे भने सन्दीप झोरा १३ रनमा अविजित रहे । कञ्चनपुरका अभिनाश कर्णले ३ विकेट लिए । १४८ रनको लक्ष्य पछ्याएको कञ्चनपुरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १२३ रनमा समेटियो ।

सुरुआत राम्रो गरे पनि कञ्चनपुरका मध्य र पुछारका ब्याट्सम्यानले सन्तोषजनक प्रदर्शन गर्न सकेनन् । ओपनर सागर पुनले ४० र सुनील धमलाले १४ रन बनाएर सुरुआत राम्रो गरे पनि त्यसपछिका आशा गरिएका खेलाडीले रन बटुल्न सकेनन् । हसिम अन्सारीले १८ रन र अभिनाश कर्णले अविजित १३ रन जोड्नुबाहेक अन्यले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

काठमाडौँलाई जिताउन वसन्त रेग्मी र सन्तोष भट्टले २÷२ विकेट लिए । मञ्जीत श्रेष्ठ र सन्दीप श्रेष्ठले १÷१ विकेट लिए । प्रतियोगिताअन्तर्गत बुधबारको पहिलो खेलमा सिवाइसी अत्तरिया र रुपन्देही च्यालेन्र्जस तथा दोस्रो खेलमा विराटनगर किङ्स र काठमाडौँ गोल्डेन्सबीचमा प्रतिस्पर्धा हुनेछ । रासस

वि.सं.२०७३ चैत ३० बुधवार ०१:३३ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...