back
CTIZAN AD

गजल

वि.सं.२०८० वैशाख २ शनिवार

990 

shares

मोहन गौतम, सिक्किम

के व्यर्थ साँच्नु जीवन तिम्रै हुने भनेर
के हिँड्नु स्वार्थ बोकी मान्छे ठूलो भएर

डाँका रहेछ मान्छे हेर्दा छ सन्तजस्तो
बेच्दै छ धेर चेली टाढा कतै लगेर

बैँसो भएर मात्रै गर्नै हुँदैन फुर्ती
जाँगर भए बुढो झन् मानिन्छ योग्य धेर

बाटो कुरेर सानी पर्खी रहेछु आऊ
मीठा कुरा गरौला चौतारीमा बसेर

सुर्ता नगर्नु प्यारी धोका म दिन्न केही
साँचो गरिन्छ बाचा जाँदैन व्यर्थ खेर

बहर – मुजारे मुसम्मन अखरब
अर्कान : २२१/२१२२/२२१/२१२२

 

वि.सं.२०८० वैशाख २ शनिवार ०८:४३ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...