back
CTIZAN AD

काठमाडौँमा बैशाख ९ गते ‘पाल्पा महोत्सव’ को आयोजना हुने

वि.सं.२०८० वैशाख ५ मंगलवार

1.1K 

shares

काठमाडौं । पाल्पाली सङ्गमको आयोजनामा काठमाडौँमा ‘पाल्पा महोत्सव–२०८०’ आयोजना हुने भएको छ । पाल्पाली सङ्गमले आफ्नो स्थापना दिवस पारेर यही वैशाख ९ गते ‘पाल्पा महोत्सव–२०८०’ आयोजना गर्न लागेको हो ।

पाल्पाबाट काठमाडौँ आई बसोबास गरिरहेका व्यक्तिको सक्रियतामा जिल्लाको विकासका लागि विभिन्न गतिविधि सञ्चालन हुँदै आए पनि २०४८ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सङ्गम स्थापना गरी पाल्पाको विकास निर्माणमा अवधारणागत, नीतिगत, आर्थिक तथा भौतिक योगदान गर्दै आएको सङ्गमका अध्यक्ष विष्णुबहादुर खत्रीले जानकारी दिए ।

उक्त महोत्सवमा पाल्पाको स्थानीय कला संस्कृति झल्काउने कौरा तथा सोरठी नाच, खेली तथा चुट्कासँगै पाल्पाली कलाकारको प्रस्तुति रहने अध्यक्ष खत्रीले बताए ।

यस्तै, महोत्सवमा रक्तदान, निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण, चुकाउनी, बटुकलगायत पाल्पाली परिकार, ढाका तथा करुवालगायत पाल्पाली घरेलु उत्पादन, पाल्पासम्बन्धी फोटो, भिडियो र पुस्तक प्रदर्शन तथा बिक्री वितरण हुनेछ । सङ्गमका महासचिव जीवन भण्डारीले पाल्पामा जन्मेर काठमाडौँमा बसेका व्यक्तिलाई जिल्लाप्रति जिम्मेवार बोध गराउन र जिल्लामा उत्पादित सामग्री प्रदर्शन तथा बिक्रीवितरण गर्न महोत्सव आयोजना गर्न लागिएको बताए ।

वि.सं.२०८० वैशाख ५ मंगलवार १६:४० मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...