back
CTIZAN AD

बढ्न सकेन नेप्से, कारोबार रकम पनि घट्याे निरन्तर

वि.सं.२०८० वैशाख ५ मंगलवार

894 

shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घटेसँगै सेयर बजारमा उत्साह आउने अपेक्षा गरिएको थियो । तर, त्यसको विपरित सेयर बजार ओरालोमा मात्रै छैन कारोबार रकम पनि घटिरहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर घटाउने निर्णय गरेका दिन एकै दिन ९२.२२ अंकले बढेको बजार त्यसयता भने निरन्तर ओरालोमा छ ।

चैत ३० मा २९.०८ अंकले घट्दै १९३४.४८ मा झरेको बजार नयाँ वर्षको पहिलो कारोबार दिन वैशाख ३ मा थप २.७९ अंकले घट्दै १९३१.६८ अंकमा अडियो ।

त्यसयता वैशाख ४ मा (सोमबार) २३.६३ अंकले घट्यो भने आज (मंगलबार) थप ३.०७ अंकले बजार घटेको छ । बजार १९०४.९९ को बिन्दुमा झरेको छ ।

बजार निरन्तर ओरालोमा मात्रै छैन कारोबार रकम पनि निरन्तर घटिरहेको छ । चैत अन्तिम साता कारोबार रकमसँगै बढेको नेप्सेमा त्यसयता एक अर्ब बराबरको पनि कारोबार छैन ।

यो साता आइतबार ९६ करोड ३९ लाखको कारोबार भएको थियो भने सोमबार ८९ करोड ६८ लाखको कारोबार भयो । यसैगरी, मंगलबार थप कारोबार रकम घटेको छ । मंगलबार कारोबार रकम ७९ करोड ८९ लाख छ ।

कारोबार रकम घट्नुलाई सेयर बजारप्रति विकर्षण हुँदै गरेको रुपमा पनि बुझिन्छ । सामान्यतयाः एक अर्बसम्मको कारोबार नभएको अवस्थालाई हेर्दा, सेयर बजारप्रति लगानीकर्ता उत्साहित देखिन्नन् ।

वि.सं.२०८० वैशाख ५ मंगलवार १७:०१ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...