काठमाडौं । सेयर बजार निरन्तर ओरालोमा छ । बजारमा निरन्तर पहिरो जाँदा कारोबार रकम पनि घटिरहेको छ । पछिल्लो समय सेयर बजारमा सामान्यतयाः एक अर्बको पनि कारोबार हुन सकिरहेको छैन ।
सबै उपसूचक ऋणात्मक बनिरहेका बेला बैंकिङ्ग क्षेत्रमा पनि उत्साह देखिन्न । समग्र नेप्सेको परिसूचक खस्किँदै जाँदा बैकिङ्ग समूहको सूचक पनि घटिरहेको छ । एक वर्ष अगाडि १५८६.५९ को अंकमा रहेको सूचक अहिले १२३६.५६ को बिन्दुमा छ ।
अहिले अधिकांश वाणिज्य बैंकहरुको मूल्य तीन सय मुनि झरेको छ । मर्जर र एक्वीजिसन अभियानपछि बैंकहरुको मूल्य बढ्ने अपेक्षाका बीच थप बलिया बनेका बैंकका मूल्य पनि घटेका छन् ।
बिहीबार साताको अन्तिम कारोबार दिनसम्म आइपुग्दा आठ वटा बैंकको मूल्य दुई सय मुनि छ भने सात वटा बैंकको मूल्य तीन सय मुनि छ । यस्तै, पाँच वटा बैंकको मूल्य तीन सय माथि छ । प्रतिसेयर मूल्यमा सबैभन्दा अगाडि एनआइसी एसिया बैंक छ ।
दुई सय मूनि भएका बैंकहरु
ग्लोबल आइएमई बैंक : १८८
सिटिजन बैंक : १७४
लक्ष्मी बैंक : १८६
कुमारी बैंक : १६९
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक : १८३
प्राइम कमर्शीयल बैंक : १९७
सनराईज बैंक : १८१
प्रभु बैंक : १६९
तीन सय मूनि भएका बैंकहरु
कृषि विकास बैंक : २३४
हिमालयन बैंक : २२१
नेपाल बैंक : २५१
माछापुच्छ्रे बैंक : २२७
सानिमा : २४४
सिदार्थ बैंक : २५०
एनएमबी बैंक : २३९
तीन सयमाथि
एसबिआई बैंक : ३३५
स्टाण्डर चार्डट बैंक : ५३५
एभरेष्ट बैंक : ५३९
नबिल : ६००
एनआइसी एसिया : ७२५
वि.सं.२०८० वैशाख १४ बिहीवार १५:१२ मा प्रकाशित



























