मोहन आचार्य ‘जलद’
देवचुली नवलपुर, हाल–बेलायत
कसरी उठान गरूँ ?
ऊ जेलमा छ
ऊ सँग भेट्नु छ
बनाउनु छ
भङ्गेरा टाउके
शीर्षक राखेर
प्रकाशित गर्नु छ
आफ्नै देशको
दुःखद् समाचार
अर्थात् माफिया
र देशद्रोहीको आगमन
कसरी भयो ?
कसरी बने
मानव तस्कर ?
को को हुन् मतियार ?
को को हुन्
ठूला माछाहरू ?
बडो आत्मग्लानि भएको छ
सहिदको बलिदान
पुर्खाको त्याग
र तपस्या
समाजको सम्मानलाई
अपहेलित गर्दै
कसरी शुरू भयो
तस्करको माफियातन्त्र ?
आज एक अभियुक्तलाई
भेट्न जाँदैछौँ
साथमा छिन् धरती
अनि म आकाश !
वर्षौं भइसक्यो
यसको रहस्य
बल्ल खुल्दैछ
मानव तस्करको
एक विषालु झिल्को
मानव सभ्यताको कलङ्क
उसको नाम रन्जन
उसको जीवन कहानी
भयावह कहाली लाग्दो
दुःखद् घटना छ
उसले सुनाउँदै जान्छ
म सुन्दै जान्छु
समाजले समाजलाई
देखाएको अपमानको
कथा सुनाउँदै छ
गरिबीको दल्दलमा
फसेको मेरो घरपरिवार
मेरा बृद्ध आमा–बुबा
स–साना भाइ–बहिनी
आफन्तको चेपुवामा परे
भएको सम्पति लुटे
बने चोरगुण्डा
नेताहरूको बिचमा चिनिए
चुनावको मुखमा
नेताहरूको बैठकले
मलाई के के बनाएँ
भन्न पनि लाज लाग्छ
अफसोच !
एकदिन
अचानक
समाचारमा
सुनामी फैलियो
मानव तस्करले
राष्ट्रको ढुकुटी दोहन गर्ने
मानवले मानवलाई
तस्करी गरेर
धन कमाउनु
देशलाई गद्दार गर्नु
आततायी हुन्
म पनि त्यहीँ
पापी हुँ
अर्थात् मानव तस्कर !
पत्रकार बाबु !
सामाजिक अभियन्ता नानी !
तिनै नेताहरूका लागि
के गरिन ?
हत्या
हिँसा
आतङ्क
कति गरियो गरियो ?
वर्षौं भइसक्यो
मानव सभ्यताको
कलङ्क भन्न थालेको
मानव तस्कर !!
उसको आँखामा
आत्मग्लानि
भावनामा तरङ्गित वेदना
जीवनमा
पीडाबोध देखिन्थ्यो
हो स्वीकार छ मलाई
म अपराधी हुँ
सामाजिक कलङ्क हुँ
जान्दा जान्दै पनि
रोक्न खोजेँ आफूलाई
रोक्न दिएनन् तस्करी बाटो
हिँडिरहे हिँडिरहे
मेरो प्रोफाइलमा
धेरै दुःखद् घटनाहरू छन्
कहिले
चेलीबेटी बेचबिखन
कहिले
नेताहरू अपहरण
कहिले
शरणार्थीको नाममा
नागरिकलाई
अनागरिक बनाउन
माथिका नेताको
नेतृत्वले
मलाई के के गराएनन्
उनीहरू पानीमाथिको
ओभानो बनेका हुन्थे
हाउसमा मानव तस्करको
बहस उठाउँथे
समाजमा
अनेकौँ किसिमका
प्रोपेगन्डा सुनाउँथे
नाटक
नौटङ्की सुन्दा सुन्दा
हैरान हुन्थ्यौं
पाप धुरीबाट
कराउँछ भन्थे
सही कुरा रहेछ ।
एकदिन
अचानक
समाचारमा
सुनामी फैलियो
मानव तस्करले
राष्ट्रको ढुकुटी दोहन गर्ने
मानवले मानवलाई
तस्करी गरेर
धन कमाउनु
देशलाई गद्दार गर्नु
आततायी हुन्
म पनि त्यहीँ
पापी हुँ
अर्थात् मानव तस्कर !
तस्कर काण्डहरूका
सतहमा आएपछि
म समातिएँ
धेरै समातिए
हातमा हत्कडी लगाइयो
अफसोच !
ठूलाको हातमा
हत्कडी लगाइएन
खै किन हो ?
मिलिभगत छ भन्ने सुन्छु
नानीबाबु
भन्न त भन्थे
डराउनु पर्दैन
हामीले निकाल्छौँ
डर लाग्या छ
त्यो घरजग्गा के हुने हो
परिवारको के बिचल्ली होला ?
मन दुखेको छ
गर्न नहुने पाप गरेको रहेछु
म मानव तस्कर हुँ
अपराधी हुँ
खुनी बैगुनी हुँ
मलाई नरकमा पनि
बास दिँदैनन
हो स्वीकार छ
तर म माथिका
ठूला माछाहरू
कहिले जालमा पर्लान्
हे पत्रकार बाबु !
ती दुष्ट मानव
तस्करका नाइके
हाम्रा नजिक आउन्
स्वागत् गर्ने
ठूलो चाहना छ ।
वि.सं.२०८० जेठ ६ शनिवार ०८:४३ मा प्रकाशित






























