back
CTIZAN AD

पर्याकविता : झार्नु छ धर्तीको आङको ज्वरो

वि.सं.२०८० जेठ ६ शनिवार

1K 

shares

कृष्ण बाउसे

दूषित वायुको खाँडो जागेर
ज्वरो बढेको छ धर्तीको आङमा
उनलाई निको पार्न
हावा, पानी र घामका देवतालाई डाक्नु छ ।

उनलाई बढी दुःख दिएको त
कुवाको तेलमा बसेको छेदले नै हो
अब त्यसलाई ठिँगु¥याएर राख्नु छ ।

अर्को दोष
जो मनुवाका जीउमा चढेर
नदीमा मलमुत्र मिसाइ हिन्नेगर्छ हरदम
त्यसलाई अब उसको जिउबाट उतार्नु छ ।

पहाडलाई कोपर्दै हिड्ने
खेतबारीमा विष छर्दै हिड्ने
समुद्रमुनि र अन्तरीक्षमै पनि
जथाभावी बिगार गर्दै हिड्ने
विकास नामको मनोरोगलाई
जसरी पनि नियन्त्रणमा राख्नु छ ।

घामले
बिजुली बनाऊ भनेर दिइरहेकै छ आफ्नो तेज
सोलार प्यानलहरूमा बिराजमान गराएर
त्यो उपकारीको मान राख्नु छ ।

सिर्सिेरे हावा चलिरहने डाँडालाई
पङ्खाका गहनाहरूले सिँगारेर
पवन–ऊर्जाको स्वाद चाख्नु छ ।

मुखले मात्र ठिक्क नपारी
मनैले आमा मानेर
नदीलाई सफा पार्नु छ ।

फोहोर नपारी, धुवाँ–धुलो नउडाई
हामी सबै
सधैँ मिलेर बाँच्नुछ ।
हामी सबै
फूल भएर हाँस्नुछ ।
हामी सबै
नटराज भई नाच्नुछ ।

वि.सं.२०८० जेठ ६ शनिवार ०८:४४ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...