back
CTIZAN AD

कविता : आँखाहरु

वि.सं.२०८० जेठ ६ शनिवार

1.1K 

shares

पदम दाहाल
मादी,सङ्खुवासभा, हाल- लोकन्थली,भक्तपुर

भोका छन् यी आँखाहरु
र त लोभी छन् कृपणीहरू
इन्द्रिय गोचर शाखा हुन् यी
थाप्छन् यिनले माखे साङ्लो
गैर्याउछन् भाकालाई
भेटेसम्म ट्वाल्ट्वाल्ती
रित्याउँछन् चाकालाई
साँच्चिकै यी भोगी छन्
सधैँ बिसञ्चो बोकेझैँ रोगी छन्
आँसु बेचेर राल काढिरहन्छन्
किनकि,अलमस्तमा रमाउने
यी ढोँगी छन् ।

घुमिहिँड्छन् महाशिवरात्रिको नागाबाबा झैँ
खान पाए पनि
भेष बदल्दै चहार्ने जोगीझैँ
दुई पहर रात पलक जोड्नु बाहेक
पलपल झिम्क्याएर जोगाइरहन्छन् ज्योति
हरपल सिसादार नानीलाई उध्याइरहन्छन्
नियाल्छन्, खोल्छन् र कर्के नजर
भएर हेर्छन्
बाह्य सृष्टि र जगतलाई
खोल्न सक्तैनन् तर
अभ्यन्तरका दृष्टिलाई
बर्साएका छन् बाहिरै वृष्टि
यद्यपि सदैव छन् अतृप्त यी
खै कहिले पाउँछन् यिनले तृप्ति !

त्यसैले उचालेर संवेदना
कल्पिँदै मिठास लुछेर आकर्षण
एकाग्र चित्तले
निध्याएर दागिरहन्छन्
पत्तै नपाई सीमा नाघेर
कहिले बरालिन्छन्
चढेर उपल्लो टाकुरीमा
खँदारिन्छन् कहिले
बटुलेर ज्योतिपुञ्ज
थपेर सूर्यका सात रङहरूलाई
दिउँसै अँगालो मार्न
हत्पतिन्छन् कहिले
प्रियंवदा बिचरी ज्योत्स्नालाई ।

 

वि.सं.२०८० जेठ ६ शनिवार ०८:४५ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...