back
CTIZAN AD

छन्द कविता : क्षर कि अक्षर ?

वि.सं.२०८० जेठ ६ शनिवार

1.4K 

shares

दीनानाथ पोख्रेल, इलाम

भयो भाषा रोगी नयन अति दुख्छन् मुलुकमा ।
बनेँ विद्वान् ढोँगी खुद कुपथ लागेँ तुजुकमा ।।
जहीँ कालो जालो सलल गति बग्ने पथ टुट्यो ।
दशा उर्ल्यो ज्यादै सहज पथ थुन्दा उर फुट्यो ।।०१।।

सबै विद्वान् मान्छन् अकृत पथ बढ्दा टुकुटुकु ।
बिगारेँ यो भाषा विकृत मन खेल्छन् ढुकुमुकु ।।
स्वयम् बन्दा जान्ने बुधजन बने लज्जित अति ।
सधैँ रोजेँ उल्टो सरलपन काटेँ अझ खटी ।।०२।।

बिगारेँ भत्काएँ तर बुध बनेँं गर्व छ अति ।
चढेँ उक्ली आफैँ परजन कहाँ गर्दछ खती ?
छुटे देख्ने आँखा अनि खुद नदेख्ने अघि सरेँ ।
बचून् भन्थे पुर्खा तर सब तिनै अक्षर मरे ।।०३।।

क्रिया हो पृथ्वीको चहक पथ खोल्ने सुरसिलो ।
क्रिया बढ्दा उल्टो मुखमुदित भाषा थिलथिलो ।।
सयौँ लामा काटेँ शिर मुड बनाएँ वरपर ।
म के लेखूँ भन्छन् नव उदित मान्छन् अति डर ।।०४।।

सधैँ बाँच्छन् माने अघि बुध खटे अक्षर भरे ।
म आएँ उल्टाएँ अनि खुद अ काटेँ क्षर गरेँ ।।
बचूँन् भन्थे पुर्खा तर अब मरून् यो मन भरेँ ।
बिगारी भत्काएँ बुध चुप रहून् लौ क्षर गरेँ ।।०५।।

नजान्ने जो भन्छन् खल रिपु सरी गन्दछु यता ।
उचाल्ने जो मिल्छन् पवनलयमा उड्दछु म ता ।।
नकाट्ने जो काटेँ अनि सबल विद्वान् खुद बनेँ ।
छ काट्ने जो साँचेँ अबुझ बुध पार्ने पथ खनेँ ।।०६।।

बडो भन्छन् मान्छे मनखुस भरी रम्दछु म ता ।
नजान्ने हुन् मानी कथन कथुरी उठ्छु अब ता ।।
गरेँ लामा छोटा नव विधि दिएँ भन्दछु यही ।
हिँडेँ बाटो यस्तो खुद मन कहाँ मान्छ र सही ।।०७।।

छन्द ः शिखरिणी

वि.सं.२०८० जेठ ६ शनिवार ०८:४६ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...