back
CTIZAN AD

कोपिला

वि.सं.२०८० जेठ ६ शनिवार

963 

shares

घनश्याम पौडेल, पोखरा

१.
भृकुटी सीता बुद्धले जन्म लिएको देशमा
कहाककबाट आए, कमिसन खाए, बिचल्ली पारे देश
रावण जस्ता दानव निस्के मानव भेषमा

२.
के साना भन्नु के ठूला भन्नु उस्तै नै रहेछन्
औककला गनी गनी,पुगेन है भनी, डकार्दैछन् मजाले
अघाए पनि नमर्दा धित चुस्तै नै रहेछन्

३.
देवरसङ्ग भाउजु पनि भागमा मिलेकी
जन्मिएको ठाम, पतिजीको नाम, मिसाइछन् माटोमा
प्रतिष्ठा सारा भुलेर कुन रागमा मिलेकी

४.
स्वदेशी मान्छे बिदेशी भनी विदेशै लाने रे
तलदेखि माथि, सबै खाने साथी, कमाउनी धन्दा
सक्कलीलाई नक्कली पारी लुटेर खाने रे

५.
दिन र रात पीरले होला सर्लक्क सुक्दै छन्
जे जस्तो पाइयो बाँडेर खाइयो, पछुताउ पर्दैछ
पहिला मत्ता हात्ती झैँ ऐले दुलामा लुक्दै छन्

वि.सं.२०८० जेठ ६ शनिवार ०८:४८ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...