
बाबुराम गौतम, गुल्मी
१.
आजसम्म तिखारिएका जुँगा मुडाएर
लुक्नु पर्यो शुभेच्छुकको मन कुडाएर ।
२.
द्रव्य खोली बगाएर बनेको थेँ श्रीराम
भूमिगत हुनु पर्यो गरे पछि बिराम ।
३.
सुध्रिएन कहिल्यै पनि लोभी आचरण
शङ्का लाग्छ हुन्छ क्यार नर्क अवतरण ।
४.
नैतिक रूपका आधारमा गरिदैन व्यवहार
कुन चाहिँ साधु बस्छ होला र खै बिना भ्रष्टाचार ।
५.
नियतले इमानलाई चढाएर फाँसी
सधैँभरि जनतालाई देख्यौ दास दासी ।