back
CTIZAN AD

लघुकथा : असल छिमेकी

वि.सं.२०८० जेठ ६ शनिवार

1.5K 

shares

वसन्त अनुभव, घोराही, दाङ

‘हैन ए तिखे ! के चाला हो हँ तेरो ? यसरी मनलाग्दि आँठो ताछ्न हुन्छ ? तलाई रत्तिभर लाज लागेन ?’ आँठो ताछेको देखेर भक्ते उम्लियो ।

‘लाज .. ? लाज त तिमीलाई लाग्नुपर्ने हो । यसरी अर्काको जग्गा मिच्न पाइन्छ ? मैले आफ्नो बारीतिर आएको झार पनि ताछ्न नपाउँनु ?’ तिखे पनि बम्कियो ।

‘झार ताछ्ने भन्दैमा आँठै भत्काउन पाइन्छ ? तैँले निहुँ नै खोजेको होस् त !’ भक्तेको पारो झनै तात्यो ।

‘हो, मैले निहुँ नै खोजेको हो । के नाप्छौ नाप ? जो चोर उसैको ठूलो स्वर !’ कम्मर कस्दै तिखेले हात सुर्कन थाल्यो ।

रिसको झोकमा भक्ते तिखेमाथि जाइलाग्दै हात उठाउन के तम्सेको थियोे, एक्कासि चक्कर खाएर भुइँमा बङ्लङ्ग पल्टियो । होशमा आउँदा भक्ते अस्पतालको बेडमा थियो ।

‘ए डाक्टर नानी ! मलाई के भएको थियो ? यहाँ कसले ल्यायो ?’ भक्तेले नर्सलाई बोलाउँदै भन्यो ।

‘प्रेसर बढेर एक्कासि बेहोस हुनुभएछ । उहाँले समयमै यहाँ नल्याएको भए केही भन्न सकिन्नथ्यो ।’ मुन्टो बटारेर पर छेउमा बसेको तिखेतिर देखाउँदै नर्सले भनिन् ।

‘किन मुन्टो बटारेर बस्छ्स् ए तिखे ? नगर्नु धर्म गरिहालिस् । यो ज्यान त तेरो पो ऋणी भो गाँठे ! अब नरिसा न । के गर्छस् त ? मान्छे हुँ गल्ती भो । अब माफ गरिँदे ।’ माफी माग्दै भक्तेले भन्यो ।

‘आफ्नै आँखा अगाडि त कसरी मर्न दिनु हो ? शत्रु नै भएपनि छिमेकी हौ, माया लाग्छ ।’ उठेर भक्तेको नजिक आउँदै तिखेले अगाडि भन्यो,– ‘खासमा भन्ने हो भने गल्ती त मेरो पनि थियोे । त्यसरी आवेगमा आएर दाजु समान मान्छेमाथि हात सुर्कन हुँदैनथ्यो । बरू मलाई पनि माफ गर है !’

 

वि.सं.२०८० जेठ ६ शनिवार ०८:५१ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...