back
CTIZAN AD

कविता : मतदाताको मनोविज्ञान

वि.सं.२०८० जेठ ६ शनिवार

987 

shares

भैरव ढकाल, धरान –१३, सुनसरी

थाहा थिएन आस्था कसरी निर्माण गर्ने
तर जवानीका पलहरूमा
आस्थालाई मन भित्र जगेडा गर्थें ।

कहिले ठिकै गरेजस्तो लाग्छ
कहिले बेठीक गरेजस्तो लाग्छ
जे गरेको भए पनि
मन हल्का नै थियोे
लगातार मतदान गर्थेँ ।

कहिले मूर्दावाद गर्थें, कहिले जिन्दावाद गर्थें
कहिले भीडभाडमा लाइन लागेर मतदान गर्थें ।
कहिले आफैसँग खेलबाड गर्थें
कहिले राजनीतिसँग खेलबाड गर्थें ।

त्योबेला
पक्ष भएँ, विपक्ष भएँ
समर्थन गरेँ, विरोध गरेँ ।
कोहीसँग निराश बनिन
सबैसँग आसै गरेँ ।

तर
यो विगतको कुरा हो
अब त म थकित भैसकेको छु
मेरो विश्वास धरमराइसकेको छ ।

त्यसैले भन्दै छु
मेरो बिचारको सम्मान गरिने होभने
अब औंलामा मतदानको निसानी होइन
मेरो हातमा विजित उम्मेदवारको कान हुनुपर्छ ।

 

 

 

वि.सं.२०८० जेठ ६ शनिवार ०८:४० मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...