back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०८० जेठ ६ शनिवार

867 

shares

प्रजित कुँवर, वालिङ्ग, स्याङ्जा

१.
जन आवाज उठाएर जेलमा कोच्नुपर्छ
देशको धमिरा समाएर जेलमा कोच्नुपर्छ
करोडौँ कुम्ल्याएर भाग्ने भ्रष्टाचारीहरु
अब घोक्रेठ्याक लाएर जेलमा कोच्नुपर्छ ।

२.
पाएको छु माया भएभरको, कुनै कमी छैन
गाउँ मै छ सुविधा सहरको, कुनै कमी छैन
मेरो घरकै नजिक भट्टी पसल छ मायालुको
मलाई चुरोट रक्सी बियरको कुनै कमी छैन ।

३.
बाँच्नै भयो प्रिया कठिन, तिम्रो सम्झनामा
यो मन पागल बन्छ किन, तिम्रो सम्झनामा
सुकेर जिउ मुरली जस्तै भएको छ अचेल
आँखा नरोएको छैन दिन, तिम्रो सम्झनामा ।

४.
उनको दिलमा पिरतीको घर, बनाउन मन छ
छुवाछुतको धरालाई बन्जर, बनाउन मन छ
सिँगो राष्ट्र बाँधेर यो समानताको परिधीमा
जातीय खाडल पुरेर समथर बनाउन मन छ ।

५.
युवाले देशमै रोजगार पाउँछन्, प्रयोग गर्नसके
कत्ती बचाएर राख्नु भनेर धन, प्रयोग गर्नसके
आयस्रोतको मुहान बन्छ बद्लिन्छ देशकै मुहार
देशका खानीहरू गरेर उत्खनन्, प्रयोग गर्नसके ।

वि.सं.२०८० जेठ ६ शनिवार ०८:३८ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...