
राज कुमार राजभण्डारी, खोटाङ्गे
थिमी, भक्तपुर
१.
सबेरै उठ्नु धेरै राम्रो
स्वास्थ शरीर बन्छ हाम्रो ।
२.
चिरबिर चिरबिर गर्छन् मिरमिरेमा चरी
लौ उठ अब उज्यालो भयो भनि सन्देश छरी ।
३.
सरकार कहिले सुन्ने हो जनताको कुरा
गाउँमा विकासको काम कहिले हुन्छ पूरा ।
४.
पाँच महिना भो गठबन्धन सरकार बनेको
जन हितमा काम के कति गर्याै नि खै त भनेको ?
५.
सर्वसाधरण जनता भ्रष्टाचारको समचार सुन्दैछ
सरकार चै भ्रष्टाचारीलाई जोगाउने योजना बुन्दैछ ।