Logo
१० आश्विन २०८०, बुधबार
     Wed Sep 27 2023
E-paper
  English Edition
   Unicode
Logo

कविता : जीवनको तान



कविता : जीवनको तान
राधा पाण्डे, नवलपुर

जिन्दगीको आँगनमा तान लगाएर
सम्झौताका पराले त्यान्द्राहरु उन्दै उन्दै
असमान विचारहरु
बाध्यताको हतासोले मिलाउदै
दैनिक कार्य सम्पन्नताको बिट मार्दै मार्दै
दुई बीस, एक दशकको हाराहारीसम्म
निरन्तर बुनिरहेकैछु,
जीवनका तानमा स्वाभिमानका चकटाहरु

आमा भन्नू हन्थ्यो,
जीवनभरी आफ्ना खुसी निमोठेर
कर्तव्यको तानमा
आवश्यकता उनेर
नैतिकताको बिट मार्नू

दिनहुँ लगाईएका तानमा
मान्यजनकै आज्ञा उन्छु
कहिलेकाही वालापन मिसाउँदा
जीवनको मेलो अल्लि चाडो सर्छ
कौतुहलको हतासोले
छिरलिएको मन मिलाउँदै
दुःख छोप्ने गुन्द्री निरन्तर बुनिरहन्छु

सदाझैं जीवनका तानमा
उनिरहँदा विवशताका त्यान्द्राहरु
पराले घुर्याँनमा फूलको महक आइरह्यो
सुन्दर फूललाई म हेरिरहें
विनम्रताले गुराँस मुस्कुरायो
हेर्दै गर्दा सुकोमल त्यो फूल
अचानक सम्झिएँ आमाका शब्दहरु !

आँखा बन्द गरेर मुट्ठीमा च्यापें
खुजमुज्ज पारें त्यो फूल !
दर्द खटाएर सुमधुर आवाजमा फूल बोल्यो –
जीवनको तानमा मलाई मिसाएर उन
रंङ्गिन हुन्छ तिम्रो कला कौशलताको गुन्द्री

ओहो !
म त दुबिधामा परें

जीवनको तान उठाउने बेला भएको छ
गुन्द्रीको बिट मार्ने बेला भएको छ
कुनै आज्ञा तोडेको छैन आमाको

म त्यो फूल, तानमा उनु कि ?
शिरमा शिउँरिऊँ ?

 


-->

काठमाडौं । एनएमबि बैंकले स्थीर ब्याजदरमा घर कर्जा योजना ल्याएको छ । बैंकले ‘अब

काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड

काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले ‘सेन्ड मनी फर फ्री’ अफर सार्वजनिक गरेको छ ।

काठमाडौं । स्वास्थ्यकर्मीमाथि विरामीका आफन्त तथा परिवारबाट आक्रमणको सिलसिला बढेपछि गृहमन्त्रालयले सर्वसाधारणले देख्ने गरी

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सको शेयर सुचिकृत भएको छ ।