back
CTIZAN AD

कविता : जीवनको तान

वि.सं.२०८० जेठ २० शनिवार

1.3K 

shares

कविता : जीवनको तान
राधा पाण्डे, नवलपुर

जिन्दगीको आँगनमा तान लगाएर
सम्झौताका पराले त्यान्द्राहरु उन्दै उन्दै
असमान विचारहरु
बाध्यताको हतासोले मिलाउदै
दैनिक कार्य सम्पन्नताको बिट मार्दै मार्दै
दुई बीस, एक दशकको हाराहारीसम्म
निरन्तर बुनिरहेकैछु,
जीवनका तानमा स्वाभिमानका चकटाहरु

आमा भन्नू हन्थ्यो,
जीवनभरी आफ्ना खुसी निमोठेर
कर्तव्यको तानमा
आवश्यकता उनेर
नैतिकताको बिट मार्नू

दिनहुँ लगाईएका तानमा
मान्यजनकै आज्ञा उन्छु
कहिलेकाही वालापन मिसाउँदा
जीवनको मेलो अल्लि चाडो सर्छ
कौतुहलको हतासोले
छिरलिएको मन मिलाउँदै
दुःख छोप्ने गुन्द्री निरन्तर बुनिरहन्छु

सदाझैं जीवनका तानमा
उनिरहँदा विवशताका त्यान्द्राहरु
पराले घुर्याँनमा फूलको महक आइरह्यो
सुन्दर फूललाई म हेरिरहें
विनम्रताले गुराँस मुस्कुरायो
हेर्दै गर्दा सुकोमल त्यो फूल
अचानक सम्झिएँ आमाका शब्दहरु !

आँखा बन्द गरेर मुट्ठीमा च्यापें
खुजमुज्ज पारें त्यो फूल !
दर्द खटाएर सुमधुर आवाजमा फूल बोल्यो –
जीवनको तानमा मलाई मिसाएर उन
रंङ्गिन हुन्छ तिम्रो कला कौशलताको गुन्द्री

ओहो !
म त दुबिधामा परें

जीवनको तान उठाउने बेला भएको छ
गुन्द्रीको बिट मार्ने बेला भएको छ
कुनै आज्ञा तोडेको छैन आमाको

म त्यो फूल, तानमा उनु कि ?
शिरमा शिउँरिऊँ ?

 

वि.सं.२०८० जेठ २० शनिवार ०९:१२ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...