back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०८० जेठ २७ शनिवार

1.1K 

shares

निर्मल रमण पराजुलि
सामाखुशी, काठमाडौँ

(१)
देशमै श्रम गर्छु म त, आफ्नै ज्यानको हड्डी घोटी
ढिंडो आँटो सिस्नो अनि, खान्छु कोदो फापर रोटी
मेरो लागि देश भन्दा, ठूलो कुरा केही छैन
शिरमा राखी मातृभूमी, प्रणाम गर्छु कोटी कोटी ..

(२)
जसले दाईजो खोज्छ बाबा, मलाई त्यस्तो वर नखोज
मलाई जिउँदै आगो लाउने, त्यति दुष्ट घर नखोज
शिक्षा दिए सक्षम हुन्छु , आफैं जीवन धान्न सक्छु
बिन्ति बाबा मलाई पाल्न, कोही कसैको भर नखोज …

(३)
आफ्नै मुटु जस्ता सन्तान, पखेंटा लाग्दा उडेर गए
मेरै छाति राजमार्ग बनाई ,गन्तब्य तर्फ गुडेर गए
सन्तान ठूला भए भनें, हेर्छन भन्नु गल्ती रहेछ
तर आज बदलामा मेरा, सारा खुशि चुडेर गए …

(४)
आमा सँग छुट्टिई बसें, मैले बिहे गरेपछि
श्रीमती र आमाको बिचमा, सधैं झगडा परेपछि
श्रीमतीलाई काखि च्यापी, पर परै पार्थें आमा
पश्च्याताप पो लाग्न थाल्यो, अहिले आमा मरेपछि …

(५)
तिम्रो घरको बाटो हिंड्दा, झ्यालको पर्दा खुलेन भने
चिहाई चिहाई मलाई हेर्दै, तिम्रो नजर डुलेन भने
घाम डुबेरदिउँसै रात ,परे जस्तै लाग्छ मलाई
तिम्रो दिलमा मेरो नामको, रातो गुलाफ फूलेन भने …

वि.सं.२०८० जेठ २७ शनिवार ०८:२७ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...