back
CTIZAN AD

कोपिला\डाली

वि.सं.२०८० जेठ २७ शनिवार

1K 

shares

पवन कुमार बुढाथोकी, काठमाडौं


तिमी जति टाढिन्छेउ उतिनै खोज्न मन लाग्ने
यस्तो अचम्म र अनौठो स्वभाव पो छ है मेरो त प्रीया
तिमिले वास्तानै नगरे पनि रोज्न मन लाग्ने !


तिम्रो साथ पाए आनन्दले रमाएर बस्न सक्छु
मात्र तिमी फूल झैँ फुलेर मगमग बास्नाँ छरेर बस्देउ
अरु चाहिन्न तिम्रै प्रेममा नै पलेटि कस्न सक्छु !


जिन्दगिका उकाली ओराली सङ्ग्सङ्गै गरौला हामी
मात्र साथ देउ तिम्रो सुकोमल दुबै हात मलाई नै देउ, हेर
हाम्रा इच्छाका माना पाथी एकसाथ भरौला हामी !


तिमी मेरी लागि पुर्ण चन्द्रमा जस्ति छाँया होउ
मेरो जिन्दगीको गाडिको एक पांग्रा म हुँ भने अर्को तिमी
मैले यो जूनिमा खोजेको र रोजेको माया होउ !


जिन्दगीको फूलबारीमा एकसाथ चलौला हामी
हुन्छ भन्दे मलाई जिन्दगीको खेलमा सँधै नै भाँचो छ
दुःख पीडा आए एकसाथ मिलेर छलौला हामी !

वि.सं.२०८० जेठ २७ शनिवार ०८:२८ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...