
दिलीप योञ्जन तामाङ, अमेरिका
१.
जोगीको घरमा किन हो सन्यासी पाहुना लागेको
बिसौँ करोड त माग्ने होला, तेस्ताको पछी भागेको ।
२.
सिमाना मिचेको र राष्ट्रियता थिचेको कुरा छैन
दिउसै नेपाली जनता मार्दा चुइक्क बोल्ने हैन ।
३.
धेरै काम हैन, कुरा गरेर सधैँ रमिता देखाऊ
एक दिएर चार लिन्छ, त्यसैमा इतिहास लेखाऊ ।
४.
आफ्नो विचार छैन देश बनाउने जनता हसाउने
रिन मागेर तलब भत्ता खाएको देख्दा आँखा रसाउने ।
५.
कालापानी लिपुलेक पनि पूरै बुझाए जस्तो देखिन्छ
कुर्सीको लागि किन हो सधैँ राष्ट्रघात गरेको भेटिन्छ ।