काठमाडौं । लामो समयपछि सेयर बजारमा उत्साह देखिएको छ । सेयर बजार दुई हजारको बिन्दुमाथि उक्लिएको छ भने बजारमा कारोबार रकम पाँच महिना यताकै सर्वाधिक भएको छ ।
मंगलबार ३४.१७ अंकले बढ्दै बजार २,०२०.६४ को बिन्दुमा पुगेको छ । मंगलबार सबै सेयर बजारका सबै उपसमूहमा हरियाली छाएको छ । सबैभन्दा बढी बीमा क्षेत्रमा उत्साह देखिएको छ ।
मंगलबार सेयर बजारमा एक करोड ८० लाख बढीको सेयर किनबेच हुँदा चार अर्ब १२ करोड ६६ लाख रुपैयाँ बढीको कारोबार भएको छ । जुन गत माघ यताकै सर्वाधिक बढी कारोबार हो ।
गत वर्षको माघ पहिलो साता सेयर बजारमा चार अर्ब बढीको कारोबार भएको थियो । २१०० को बिन्दुमा रहेको बजार त्यसयता ओरालोेमा थियो ।
बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउने तयारी गरिरहेको कारण त्यसको प्रभाव बजारमा परेको सेयर विश्लेषकको भनाई छ । बजार अनुकुल बजेटले पनि केही थप गरेको सेयर विज्ञहरुको भनाई पाइन्छ ।
वि.सं.२०८० जेठ ३० मंगलवार १५:३१ मा प्रकाशित






























