back
CTIZAN AD

विपद् प्रतिकार्यको पूर्वतयारी गर्दै कर्णाली सरकार

वि.सं.२०८० असार ५ मंगलवार

864 

shares

कर्णाली । विपद् जोखिमबाट हुने धनजनको क्षतिलाई कम गर्न कर्णाली प्रदेश सरकार विपद् प्रतिकार्यको पूर्वतयारी गर्न थालेको छ । कर्णाली प्रदेशमा आइतवारदेखि सामान्य बदली सुरु भए पनि सोमबारदेखि मनसुन सक्रिय भएको छ । मनसुन सक्रिय भएपछि प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज कार्यकारी समितिको बैठकबाट विपद् पूर्वतयारीको कार्ययोजना बनाएर राहत तथा उद्धारका कार्यलाई प्रभावकारी बनाउन आवश्यक छलफल तथा निर्णय गर्ने प्रदेश सरकारका प्रवक्ता एवं कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।

“आन्तरिक मामिलामन्त्रीको अध्यक्षतामा आज कार्यकारी समितिको बैठक बस्दैछ”, उनले भने , “यसमा विषयगत मन्त्रालय तथा अन्य सरोकारवालाको सहभागिता रहनेछ । कार्यकारी समितिको बैठकलगत्तै मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक बसेर त्यसलाई अनुमोदन गर्ने मन्त्री जिसीले बताए ।

आन्तरिक मामिला सचिव ध्रुव घिमिरेले मनसुन नजिकिसकेकाले तत्काल विपद् निम्तिन सक्ने खतरालाई ध्यानमा राखेर आज बिहान ११ः०० बजे कार्यकारी समितिको बैठक राखिएकोबताएए । उनले भने, “बैठकले विषयगत मन्त्रालय, सुरक्षा निकाय, साझेदार संस्था, नागरिक समाज र सञ्चार क्षेत्रले निभाउनुपर्ने भूमिका निर्धारण गर्नेछ ।”

वि.सं.२०८० असार ५ मंगलवार ११:२३ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

जङ्गली जनावरबाट पिडितलाइ राहत

जङ्गली जनावरबाट पिडितलाइ राहत

इनरुवा (सुनसरी) । जङ्गली जनावरबाट पीडित यहाँस्थित नागरिकलाई रु २३...