back
CTIZAN AD

झर्रोवादी साहित्यकार विजय खरेलको अमेरिकामा निधन

वि.सं.२०८० असार १८ सोमवार

669 

shares

झापा । झापाका झर्रोवादी साहित्यकार विजय खरेलको ७७ वर्षको उमेरमा आज अमेरिकाको टेक्सासमा निधन भएको छ ।

मेचीनगर नगरपालिका वडा नं ६ काँकडभिट्टा निवासी उनका एक दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशित छन् । उनी एक महिनाअघि पारिवारिक भेटघाटका लागि अमेरिका गएका थिए । ज्वरो र पिसाबमा सङ्क्रमण फैलिएपछि टेक्सासकै एक अस्पतालमा उनको एक सातादेखि उपचार भइरहेको थियो ।

उनका उपन्यास, कथा, निबन्ध, हास्यव्यङ्ग्य, कविता, एकाङ्कीलगायतका थुप्रै कृति प्रकाशित छन् । विजयका निबन्ध (निबन्ध, २०६४), क्षितिजवारी क्षितिजपारी (काब्य, २०६५), बाटुली (विज्ञान काब्य, २०६६), इन्द्रकिल पहाडसँग (यात्रा संस्मरण, २०६८), विजयका कविता (कविता सङ्ग्रह, २०६५), सम्झनाका तरेली (निबन्ध सङ्ग्रह, २०७७), छोपिएका तारा (इतिहास), कति रोउँ म (शोक काब्य), राम साइँलीहरु (कथा कुथुङ्ग्री, २०७४), अल्पिल्टा स्वर (निबन्ध सङ्ग्रह, २०७८) र कल्पना, मुना (समालोचना, २०७८), झर्रा शब्दहरुको सङ्ग्रह (शब्दकोश, २०७९), झिल्का (कुथुङ्ग्री सङ्ग्रह) र युगारम्भ (उपन्यास, २०७९) उनका प्रकाशित कृति हुन् ।

साहित्यकार खरेलका छोरा र बुहारी अमेरिकामा छन् । छोराबुहारी भेट्न उनी पत्नी पार्वती खरेलसहित अमेरिका गएका थिए । उनका छोरी जयन्ती खरेल र चन्दा खरेल मेचीनगर नगरपालिकामा कार्यरत कर्मचारी छन् ।

सुसेली साहित्यिक परिवार झापाका अध्यक्ष पुण्यप्रसाद खरेलले नेपाली साहित्य जगतले झर्रोवादी अग्रज साहित्यकार गुमाएको बताए । “साहित्यका सबै विधामा उत्तिकै कलम चलाउनु हुन्थ्यो”, सुसेलीका अध्यक्ष खरेलले भने, “भर्खरै मात्र उहाँको झर्रा शब्दको शब्दकोश नै प्रकाशित भएको थियो ।”रासस

 

वि.सं.२०८० असार १८ सोमवार १३:२६ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...