back
CTIZAN AD

खानीखोला गाउँपालिकाद्वारा ‘निःशुल्क अनिवार्य शिक्षा’ लागू

वि.सं.२०८० असार १९ मंगलवार

1.2K 

shares

काभ्रे । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकामा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम लागू गरिएको छ । गाउँपालिकाको सातवटै वडालाई निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा भएपछि पालिकालाई निःशुल्क शिक्षा कार्यान्वयन घोषणा गरिएको जनाइएको छ ।

गाउँपालिकामा बालबालिकाको विवरण सङ्कलन गरी चार वर्ष पूरा भई १३ वर्ष उमेर पुगेका सबै बालबालिका विद्यालयको पहुँचमा पुर्याइएपछि खानीखोलालाई निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा गरिएको अध्यक्ष इन्द्रबहादुर थिङले बताए । उनका अनुसार उमेरगत बालबालिका शतप्रतिशत विद्यालय गएका छन् । कार्यक्रमअन्तर्गत चालु शैक्षिक सत्रमा विद्यालय बाहिर रहेका ७२ बालबालिकालाई शिक्षामा पहुँच पुर्याइएको हो ।

गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन घोषणाका लागि शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति तथा सामुदायिक सिकाइ केन्द्रलाई प्रभावकारी ढङ्गले परिचालन गरिएको, सूचक बनाएर टोली खटाइएको, वडास्तरमा शिक्षाको युनिट परिचालन गरिएकाले अब सबै विद्यालयको शिक्षा निःशुल्क हुने जनाइएको छ । नेपालको संविधानमा शिक्षालाई मौलिक हक र प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य तथा निःशुल्क पाउने प्रावधानअनुरुप अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन घोषणा गरिएको हो ।

जिल्लाको १३ स्थानीय तहमध्ये बेथानचोक गाउँपालिका यही असार पहिलो साता अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा गरी पहिलो स्थानीय तह बनेको छ । सरकारको आउँदो २०८४ भित्र सबै स्थानीय तहमा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गराउने योजना छ । अनिवार्य र निःशुल्क शिक्षा कार्यान्वयन भएसँगै अब सामुदायिक विद्यालयले माध्यमिक तहसम्मको शिक्षामा विद्यार्थी भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा शुल्क र पाठ्यपुस्तकवापतको रकम लिन पाउने छैनन् ।

यसबीच जिल्लामा तामाङ समुदायको बाहुल्यता रहेको खानीखोला गाउँपालिकाका विद्यालयमा चालु शैक्षिकसत्रदेखि तामाङ भाषामा शिक्षण थालिएको छ । गाउँपालिकाले तामाङ समुदायका बालबालिकालाई दोस्रो भाषा नेपाली भाषामा शिक्षा आर्जन गर्दा प्रभावकारी नभएको जनाउँदै तामाङ भाषामा अध्यापन गराउन थालेको हो । तामाङ समुदायका बालबालिकाले आफ्नो भाषामा शिक्षा लिन पाउनु उनीहरूको नैसर्गिक अधिकार पनि भएकाले तामाङ भाषामा समेत शिक्षा प्रदान गर्न थालेको गाउँपालिका अध्यक्ष थिङले बताए । उनका अनुसार हाल गाउँपालिकाले कक्षा १ देखि ८ सम्म तामाङ भाषाको पठनपाठन सुरु गरेको हो ।

गाउँपालिकाले भने सबै विद्यालयमा तामाङ भाषालाई अनिवार्य बनाएको छैन । इच्छुक विद्यालयलाई मात्र समावेश गरिएको अध्यक्ष थिङले बताए । हालसम्म १९ विद्यालयमा तामाङ भाषामा अध्यापन गराउन थालिएको जनाइएको छ । उक्त गाउँपालिकामा माध्यमिक तहको आठ, आभारभूत विद्यालय चार, १ देखि ३ कक्षा र १ देखि ५ कक्षासम्मका २६ विद्यालय छन् । गाउँपालिकामा निजी विद्यालय सञ्चालनमा छैन ।

 

वि.सं.२०८० असार १९ मंगलवार ०७:५० मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...