back
CTIZAN AD

आइसीसी एकदिवसीय विश्वकप छनौट : नेपालले दियो आयरल्यान्डलाई २६९ को लक्ष्य

वि.सं.२०८० असार १९ मंगलवार

840 

shares

काठमाडौँ । जिम्बाब्वेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्र्गत आज भएको सातौँ स्थानको खेलमा नेपालले आयरल्यान्डलाई जितका लागि दुई सय ६९ रनको लक्ष्य दिएको छ ।

जिम्बाब्वेको हरारेमा रहेको टाकासिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर दुई सय ६८ रनको योगफल बनायो ।

नेपालका लागि गुलशन झाले सवाधिक ५७ रनको योगदान दिए । उनले ४२ बलमा चार चौका र तीन छक्काको मद्दतमा अविजित ५७ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै नेपालका सुरुआती ब्याट्सम्यान अर्जुन साउदले ८४ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ४८ रन बनाए । कुशल मल्लले ३८ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ४४ रन बनाए ।

त्यस्तै सन्दीप लामिछानेले ३० बलमा तीन चौका र एक छक्काको सहयोगमा ३२ रन बनाए भने कप्तान रोहित पौडेलले ३५ बलमा २९ रन जोडे । भीम सार्कीले २० रन बनाए ।

बलिङतर्फ आयरल्यान्डका मार्क अडिर, ब्यारी म्याकार्थी र क्रिग योङले समान २÷२ विकेट झारे भने एन्डि म्याकवर्नी, कुर्टिस क्यामफेर र गारेथ डिलेनीले समान १÷१ विकेट लिए । आयरल्याण्ड अहिले जवाफी व्याटिङमा उत्रेको छ ।

वि.सं.२०८० असार १९ मंगलवार १७:३१ मा प्रकाशित

अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीले पाए जग्गाधनी पुर्जा

अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीले पाए जग्गाधनी पुर्जा

भद्रपुर ।झापां, ।  झापाको अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापका १७ जना अव्यवस्थित...

पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीए

पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीए

जनकपुरधा । नेपाल प्रहरीका पूर्ववरिष्ठ प्रहरी उपरीक्षक गोविन्दकुमार साह आफैँ...

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार कुमार बेन र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार बीच भेटवार्ता

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार कुमार बेन र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार बीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार...

६ वर्षमा काठमाडौँ महानगरको आन्तरिक आय १२ अर्ब नाघ्यो, घरजग्गा रजिस्ट्रेसनमा लक्ष्यभन्दा बढी सफलता

६ वर्षमा काठमाडौँ महानगरको आन्तरिक आय १२ अर्ब नाघ्यो, घरजग्गा रजिस्ट्रेसनमा लक्ष्यभन्दा बढी सफलता

काठमाडौं । काठमाडौँ महानगरपालिकाको आन्तरिक राजस्व संकलन पछिल्ला ६ वर्षमा...

पुष्पलाल स्मृति दिवसका अवसरमा वामपन्थी दलहरूको भूमिकाका विषयमा गोष्ठि हुँदै

पुष्पलाल स्मृति दिवसका अवसरमा वामपन्थी दलहरूको भूमिकाका विषयमा गोष्ठि हुँदै

काठमाडौं । ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्र...

ग्यास सिलिन्डर लिक भएर आगलागी, तीन जना कामदार गम्भीर घाइते

ग्यास सिलिन्डर लिक भएर आगलागी, तीन जना कामदार गम्भीर घाइते

धनुषा । धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक उद्योगमा ग्यास लिक...