back
CTIZAN AD

एनआरएनए केन्टुकी च्याप्टरको अध्यक्षमा न्यौपानेको उम्मेदवारी, यस्ता छन् प्रतिबद्वता

वि.सं.२०८० असार १९ मंगलवार

1.7K 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघ अमेरिकाको केन्टुकी च्याप्टरको अध्यक्षमा अर्जुन किशोर न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन् ।

विगत १० वर्षदेखी लेक्सिङटन सहरमा स्थायी रुपमा वसोवास गर्दै आएका व्यापार व्यवसायसँगै विभिन्न नेपाली संस्थामा आवद्ध रहेर सामाजिक काममा समेत सक्रिय रहेका न्यौपानेले २०१९–२०२१ मा एनआरएनए केन्टुकी च्याप्टरको युवा संयोजक, २०२१-२०२३ मा सचिवको रुपमा काम गरिसकेका छन् । उनले अध्यक्षमा उम्मेदवारी दिँदै १७ बुँदे कार्ययोजना समेत प्रस्तुत गरेका छन् ।

उनले आफुलाई च्याप्टरको अध्यक्षमा साथ र सहयोग दिन अनुरोध गर्दै पहिलो नम्बरमा नेपाली एम्बेसीद्वारा संचालित घुम्ती शिविर पुनः संचालनका पहल गर्ने बताएका छन् ।

त्यस्तै १७ बुँदामा सामुदायिक सेन्टर निर्माणका लागि स्थानिय संघ संस्थासंग सहकार्य तथा विशेष समन्वय गर्ने, केन्टुकीमा ‘नेपाल डे’ का लागि समन्वय र संयोजन गर्नें, वार्षिक रूपमा युवावर्ग लक्षित सकर÷ भलिवल जस्ता खेलकुद प्रतियोगिताहरू आयोजना गराउने, आइटी परामर्श ग्रुपको सहकार्यमा आइटि तालिम परियोजनाका कामहरू गर्न समन्वय गर्ने, केन्टुकीमा वसोवास गर्ने नेपालीहरुको जनगणना गरी सही तथ्याँक तयार गर्ने व्यवस्था गर्ने, वार्षिक रूपमा हाइस्कुल तथा कलेज ग्राजुयट युवाहरुको सम्मान तथा नलेज सेयरिङ कार्यक्रमहरुको आयोजना गर्ने, व्यवसाय प्रवर्धन र संचालनका सम्भावना अवसर र चुनौतीका विषयमा विज्ञहरू सहितको विशेष कार्यशालाको आयोजन गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

त्यसैगरी अध्ययन गर्न चाहनेहरूका लागि प्राविधिक, व्यावसायिक तथा अन्य कलेज लेबलका शिक्षाका अवसर र सम्भावनाहरूका लागि विज्ञ सहितको विशेष कार्यशालाको आयोजना गर्ने, घर जग्गा खरिद विक्री, मर्मत सम्भार, घर गाडी विमा प्रकृया, स्वास्थ्य विमा जस्ता विषयमा जानकारीमूलक विशेष अन्र्तक्रिया कार्यक्रमको आयोजना गर्ने, नेपाली भाषा पाठशाला सँचालनका लागि स्थानीय संस्था र विषय विज्ञहरूसँग विशेष समन्वय गरी २०२३ भित्रैमा सन्चालनको तर्जुमा गराउन पहल गर्ने, नवागन्तुक व्यक्तिहरूलाई अपार्टमेन्ट व्यवस्थापन रोजगारीको खोजी र अन्य प्राथमिक सरसहयोगका लागि च्याप्टरमा सहयोग सेल खडा गरी व्यवस्था गर्ने कामको आरम्भ गर्ने, समुदायमा भवितव्य पर्न सक्ने, आपतकालीन सहयोग कोषको परियोजना ल्याई सबैको साथ सहयोगमा त्यसलाई आरम्भ गराउने, स्थानीय सिटी काउन्टी सामाजिक संस्था र पार्टी कमिटीहरूसँग दौत्य सम्बन्ध बढाई हाम्रो समुदायका लागि लाभप्रद कामहरू लिन पहल कदमी गर्ने, वार्षिक रूपमा विज्ञ डाक्टरहरू सहितको एकदिने स्वास्थ्य शिविर सँचालनको आरम्भका लागि पहल कदमी गर्ने र नेपाली कला संस्कृति संरक्षण र प्रवद्र्धनका लागि स्थानीय संघ संस्थासंग समन्वय गरी कार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

‘मलाई यस संस्थाको महत्त्व र नेपाली समुदायसँगको भावनाको राम्रो महसुस छ । मेरो योगदान र अनुभवले एनआरएनएको महत्व स्थापित गर्न र नेपाली समाजसँग भावनात्मक रूपमा जोडिन सजिलो बनाउने छ भन्ने मेरो दरिलो बिस्वास छ,’ न्यौपानेले भनेका छन्, ‘मेरो पछिल्लो अनुभवले मलाई एनआरएनए अध्यक्ष पदमा प्रतिस्प्रर्धा गर्न सक्षम बनाएको छ र मलाई विश्वास छ कि म यस अद्यावधिक दायित्वलाई उचित ढंगले निभाउन सक्नेछु । यस संस्थाले सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक विषयमा महत्वपूर्ण कार्यहरू गरेको छ र मलाई गर्व लाग्छ कि मैले यस अभियानमा सहभागी हुने अवसर पाएर समाज सेवाका लागि आत्मवल र प्रेरणा प्राप्त गरेको छु ।’ न्यौपानेले भनेका छन् ।
उनले सबैको साथ र सहयोगले आफु विजयी भएमा पूर्ण इमान्दारीताका साथ आफ्नो भावी योजनामा कटिबद्ध भएर लाग्ने जनाएका छन् ।

‘एनआरएनएमार्फत् जति पनि योजनाहरु हामीहरूले अघि सार्दैछौ त्यसका लागि केन्टुकिबासी सम्पूर्ण नेपाली समुदायको एकताको महत्वलाई मैले केन्द्रमा राखेको छु । म कुनै पनि आग्रह पूर्वाग्रह नराखी स्वतन्त्र र निश्पक्ष रूपमा कार्य गर्ने वचनबद्धता जाहेर गर्दछु । चुनावमा प्रतिस्पर्धी मित्रहरूसँग मेरो पूर्ण हार्दिक सम्बन्ध र आदर्श मित्रता हुनेछ । मैले चुनाव जिते पनि हारे पनि समुदायप्रति उत्तिकै मात्रामा उत्तरदायी भएर कार्य गर्नेछु । यो समुदायका सबै सदस्यहरू मेरा लागि समान र अर्थपूर्ण हुनुहुन्छ । सबैप्रति मेरो समान आस्था र सम्मान रहने प्रण गर्दछु ।’ उनले भनेका छन् ।

 

वि.सं.२०८० असार १९ मंगलवार १७:१७ मा प्रकाशित

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

ब्रुज (बेल्जियम)। नेपाली जनसम्पर्क समिति बेल्जियमको छैटौं अधिवेशन सम्पन्न भएको...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...

एनआरएनएले मनोनयन ग¥यो रिक्त पदहरु मनोनयन, परे यी नामहरु

एनआरएनएले मनोनयन ग¥यो रिक्त पदहरु मनोनयन, परे यी नामहरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २०२५–२०२७ कार्यकालका लागि...