back
CTIZAN AD

भिभोको वाई सिरिज स्मार्टफोनहरू एक महिनासम्म विशेष छुटमा किन्न सकिने

वि.सं.२०८० असार २२ शुक्रवार

663 

shares

काठमाडौं । ग्लोबल टेक्नोलोजी ब्रान्ड भिभोले जुलाई १ देखि जुलाई ३१ सम्म ‘मनसुन फेस्टिभल’ योजना ल्याएको छ ।

जसअन्तर्गत वाई सिरिजका डिभाइसहरूमा भिभोले मूल्य घटाएको बताएको छ । कम्पनीले वाई२२एस, वाई१५सी, वाई१६, वाई०२, वाई२२ र वाई०१ स्मार्टफोनहरूमा केही समयका लागि विशेष छुट दिने घोषणा गरेको छ ।

भिभो वाई२२एस मा शक्तिशाली स्न्याप ड्रागन ६८० प्रोसेसर रहेको छ जसले हरेक कार्यलाई सहज बनाउँछ । यो फोनमा १८ वाटको फास्ट चार्ज सहितको बलियो ५०००एमएएच ब्याट्री रहेको छ । यस अघि उक्त स्मार्टफोनको मूल्य २७ हजार ९९९ रुपैयाँ रहेकोमा अफर अवधिभर २५ हजार ४९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीको भनाइ छ ।

वाई१५सी एचडी प्लस स्क्रिन र आई प्रोटेक्शन मोड सहित ६.५१ इन्चको हलो फुलभ्यू डिस्प्लेमा आउँछ । यो स्मार्टफोन इमर्सिभ र उत्कृष्ट मनोरञ्जनात्मक अनुभवका लागि युवाहरूमाझ निकै लोकप्रिय छ । यसमा शक्तिशाली ५००० एमएमएच ब्याट्री, साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर र शक्तिशाली १३एमपीको डुअल क्यामेरा पनि रहेको छ । यस फोनको मूल्य १७ हजार ९९९ रुपैयाँबाट घटेर १४ हजार ९९९ रुपैयाँ पुगेको छ ।

वाई१६ स्मार्टफोनमा सुलभ मूल्य फ्ल्यागशिप स्मार्टफोनको अनुभव प्रदान गर्न स्लिक डिजाइन र शक्तिशाली प्रोसेसिङ क्षमताहरू रहेको छ । यस स्मार्टफोनमा ४जिवी ¥याम + ६४जिवी रोम रहेको छ। साथै, यसमा ५००० एमएएच ब्याट्री र सहज ह्यान्डलिङ प्रदान गर्नका लागि साइड फिंगरप्रिन्ट स्क्यानर रहेको छ । यस डिभाइसमा ए आई डुअल क्यामेरा प्रणाली छ जसमा १३ एमपी प्रमुख क्यामेरा र २ एमपी म्याक्रो क्यामेरा रहेको छ । यसबाट प्रयोगकर्ताहरूले आकर्षक तस्बिरहरू खिच्न सक्ने कम्पनीको भनाइ छ । १८ हजार ९९९ रुपैयाँ मूल्य रहेको यस स्मार्टफोन मनसुन फेस्टिभल अफरअन्तर्गतको छुटपछि नयाँ मूल्य १७ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ ।

वाई०२ एक नवीन र सुविधायुक्त स्मार्टफोन हो जुन ५०००एमएएच ब्याट्री र २जीवी ¥याम + ३२जीवी स्टोरेज रहेको छ । यसमा ६.५१ इन्चको एचडी+ इन्सेल डिस्प्लेको साथमा आइ प्रोटेक्शन मोड रहेको छ, जसले उत्कृष्ट भ्यूइंग अनुभव प्रदान गर्छ । यो स्मार्टफोनको मूल्य १२ हजार ४९९ रुपैयाँबाट घटाएर अफर अवधिका लागि ११ हजार ९९९ रुपैयाँमा उपलब्ध गराइनेछ ।

वाई२२ ले यसको प्रभावकारी लुक्स, नवीनतम इमेजिङ प्रणाली र उत्कृष्ट कार्य सम्पादनका लागि देशभरबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । शक्तिशाली मिडियाटेक हेलियो जी८५ प्रोसेसर रहेको यस स्मार्टफोनमा १८ वाटको फास्ट चार्ज र ५०००एमएएच ब्याट्री रहेको छ । उक्त फोनमा ५० एमपी रियर क्यामेरा छ । साथै यसमा मल्टी स्टाइल पाट्र्रेट सुविधा र सुपर नाइट मोड जस्ता क्यामेरा विशेषताहरू रहेका छन् । यो आकर्षक स्मार्टफोनको बजार मूल्य २२ हजार ९९९ रुपैयाँ भएतापनि ३१ जुलाईसम्म २१ हजार ४९९ रुपैयाँमा उपलब्ध हुनेछ ।

वाई०१ स्मार्टफोनमा ६.५१ इन्चको हलो फुलभ्यू डिस्प्ले र ५०००एमएएच ब्याट्री रहेको छ । यस बाहेक यसमा स्टाइलिश थ्रिडी ब्याक कभर रहेको छ । यसको ८.२८ एमएम पातलो बडीले फोनलाई समकालीन रूपमा सुन्दर र आकर्षक बनाएको छ । १३ हजार ९९९ रुपैयाँ बजार मूल्य रहेको यो स्मार्टफोन अफर अवधिसम्म १२ हजार ९९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

वि.सं.२०८० असार २२ शुक्रवार ०८:५० मा प्रकाशित

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन, नछुटाउनु होला है

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन, नछुटाउनु होला है

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

कसरी धराशायी भयो उदयपुर सिमेन्ट उद्योग ?

कसरी धराशायी भयो उदयपुर सिमेन्ट उद्योग ?

काठमाडौँ । उच्च गुणस्तरको चुनढुङ्गा खानी, जापानी सहयोगमा बनेको कारखाना...

नेपाल टेलकमको नाफा बढ्यो

नेपाल टेलकमको नाफा बढ्यो

काठमाडौँ । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो...

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

काठमाडौं । नेपालका पर्यटन व्यवसायीहरूको छाता संगठन नेपाल एसोसिएसन अफ...