back
CTIZAN AD

लघुकथा :सुबिधा

वि.सं.२०८० असार २३ शनिवार

939 

shares

रन्जना पराजुली लम्साल
बुद्धनगर, काठमाडौँ

पहिलोचोटि अष्ट्रेलिया आएकी माधवी एकचोटिको घुमाइमै चकित भइन् स्वच्छ वातावरण, रहनसहन र कामको लगाव देखेर ।

‘ममी, तयार हुनु सपिङ्ग जाने ।’

छोरीको आदेशलाई मनन गर्दै एकैछिनमा तयार भइ ममिछोरी आफ्नै गाडीमा साठी, असी त कतै सयको रफ्तारमा पन्ध्र मिनेटमा सपिङ्ग महल पुगे ।

सामान हेर्दै र चाहिएको किन्दै जाँदा माधवीको आँखा ह्विलचियरमा बसेकी अन्दाजी चौध–पन्ध्रकि राम्री केटीमाथि पर्यो । अझै राम्री त उसलाई डोर्याउदै जे भन्यो त्यही सामान ¥याकबाट निकाल्ने केटी थिइ । त्यस्तै अर्को ह्विलचियरमा मोटे मान्छेलाई अर्को अर्धवैसेले गुडाउँदै सकिनसकी सामान उठाउदै थियोे । उनीहरुलाई हेर्दाहेर्दै माधवीले भुलिन् आफू कहाँ छु ।

‘ममी, के हेर्नुभएको ?’

‘ममी’ भन्दा पो झस्किन र ह्विलचियर तिर देखाइन् ।

छोरिले बुझाउदै भनिन् ।

‘तिनिहरु हातखुट्टा अस्वस्थ भएर हिड्न नसक्ने अशक्त हुन् । यो देशमा यस्ता जति छन् सबैलाई सरकारले हेर्छ । यस्तालाई नराम्रो गर्नेलाई त यहाँको सरकारले ठुलो सजाय पो दिन्छ त !’

‘अबुइ होर !’ छोरीका कुरा सुनेर माधवी छक्क परिन् र, छिमेकी हरिहर काकाको साँपे छोरालाई आफ्नै आमाले सराप्दै भात कोच्याएको, माथि डाँडाघरे पण्डितबाकी छोरी लठेब्री भएर बिहे नभइ सबैकी अर्घेली भएर बसेकी, त्यस्तै ठुलाघरे काजीबाका दुबै छोरा चारपाउ टेकेर भ्यागुता झैँ हिड्दा कजिनिआमाले धारेहातले सरापेको सम्झदै फेरि एकपटक ह्विलचियरतिर फर्केर हेरिन् र मनमनै भनिन् ‘हाम्रो देशमा यस्तो सुबिधा कहिले आउला ?’

वि.सं.२०८० असार २३ शनिवार ०८:१७ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...