back
CTIZAN AD

कविता : दुर्लभ मानिसको चरित्र

वि.सं.२०८० असार २३ शनिवार

879 

shares

समीप बैरागी, रोल्पा

आयो, एक दिन मजदुरको झुप्रोमा
परैबाट जोडेर – दुइहात
एक जना दुर्लभ मानिस ।

र, भन्यो –
दिलासा !
तिम्रो र हाम्रो बीचमा कुनै विभेद छैन
र, छैन कुनै जात – सानो, ठूलो ।

हाम्रो सम्बन्ध त –
माछी र पानीको जस्तो हो
नङ र मासुको जस्तो हो ।

तिम्रो हातमा छ
मेरो भाग्य लेख्ने शक्ति
लौ न यसपटक
मेरो भाग्य लेखिदेऊ तिमी
तिम्रो भाग्य म लेखिदिने छु ।

त्यसपछि… ?
पिउनु पर्ने छैन
भोक मेटाउन – नुनिलो आँसु
निदाउनु पर्ने छैन
खाली पेटलाई – पटुकीले कसेर
स्वीकार्नु पर्ने छैन
तिम्रा बच्चाहरूले – अकाल मृत्यु ।

सोँचे –
संसार विस्वासमै त चलेको छ
र , लेखिदिएँ उसको भाग्य – मतपेटिकामा ।

जब चम्कियो, उसको भाग्य
ऊ अलप भयो, गाउँबाट ।

अचेल आकलझुक्कल
मेरै झुप्रोको आँगन हुँदै जान्छ
त्यो दुर्लभ मानिस ।

सायद –
हराइ गएछ क्यारे – बिला समाउने खेलको दौडमा
दुःखीको कारुणिक दृश्य हेर्ने चश्मा ।

नबोली जान्छ /नहेरी जान्छ ।

तर…
उसको अनुहारले भनिरहेको हुन्छ
दिलासा !
हाम्रो सम्बन्ध त –
बर्खाको खोलो जस्तो मात्रै हो
फूल र भमराको जस्तो मात्रै हो ।

वि.सं.२०८० असार २३ शनिवार ०८:१५ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...